मस्र्याङ्दी नदीले बगाउँदा एक बालिका बेपत्ता

प्रकाशित मिति:

लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिका–९, बेलघारीस्थित मस्र्याङ्दी नदीले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन् ।शुक्रबार मस्र्याङ्दी नदी किनारामा साथीहरुसंग खेल्ने क्रममा खोलाले बगाउँदै गरेको बहिनीको चप्पल छोप्न खोज्दा सुन्दरबजार नगरपालिका–९, बेलघारी बस्ने नन्दकुमारी गुरुङकी ७ वर्षीया छोरी रितु गुरुङलाई मस्र्याङ्दीले बगाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिनुभयो ।

रितु दोर्दी गाउँपालिका–१, रत्न प्राविको कक्षा ३ मा पढ्दै आएकी थिईन् । खोलालाई बगाई वेपत्ता भएकी बालिकाको खोजी कार्य भइरहेको पाण्डेले बताउनुभयो ।

थप समाचार