अब घरबाटै खोजेर सपिङ

प्रकाशित मिति:

बुटवल तथा भैरहवा आसपासका नागरिकलाई अनलाईन बस्तु खरिद सेवाका लागि बुटवलमा खोज सप अनलाईन सेवा सुरु भएको छ ।
फेशन, ईलोक्ट्रोनिक÷इलेक्ट्रिक, फुटवेयर, ग्याजेट लगायतका बस्तु तथा समान खरिद तथा विक्रिका लागि विहीबारदेखि बुटवलमा खोज सप अनलाईन सपिङ्ग संचालनमा आएको हो ।उक्त अनलाईन सपिङ्ग मार्फत १२ प्रकारका बस्तुका तथा समानका ३ हजार उत्पादन खरिद तथा विक्रि गर्न सकिने खोज सप अनलाईन मार्के्टिङ्गका ओपरेशन म्यानेजर सन्तोश सुवेदीले जानकारी दिनुभयो ।
अनलाईन शुभारम्भ कार्यक्रममा खोज सपका सिनियर इन्जिनियर खेम थापाले खोज इन्फो मार्फत नेपालका हरेक कुनाामा रहेका ब्यापार ब्यवसाय, उत्पादन र सेवाका बारेमा अनलाईन प्रयोगकर्तालाई सजिलो प्लेटफम हुने बताउनुभयो ।
रुपन्देहीको विभिन्न स्थानका २५ जना समुहले संचालनमा ल्याएको खोज इन्फो र खोज सप चलाउनका लागि २५ लाख लगानी लागेको संचालक चमन रानाले जानकारी दिनुभयो ।