वनस्पती तेल उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

प्रकाशित मिति:

पर्सा -वनस्पती तेल उद्योगमा भीषण आगलागी लागेको छ । वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा बिहानैदेखि भीषण आगलागी भएको छ । करेन्ट सर्ट भएर लागेको आगो उद्योगको प्याकेजिङ तथा गोदाममा लागेको छ ।

बिहान साढे २ बजेदेखि शुरु भएको आगलागीलाई बारा पर्साको विभिन्न स्थानबाट आएको बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले नियन्त्रण गर्ने प्रयासमा लागेको जिल्ला प्रहरी कार्यालय सर्पाले जनाएको छ ।आगलागीबाट हुने क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।