विप्लवको कार्यदिशा रहस्यमय : वैद्य

प्रकाशित मिति:

काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको कार्यदिशा रहस्यमय भएको टिप्पणी गरेका छन् ।

वैद्यले रहस्यमय कार्यदिशाले क्रान्ति नहुने भन्दै कार्यदिशा सच्याउन विप्लवलाई सुझाव दिएका छन् । यद्यपि वैद्यले विप्लवसँग सहकार्यको सम्भावना रहेको भने संकेत गरेका छन् । उनले राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजिवीकाका समस्या थप जटिल बन्दै गएकाले आफूहरुसँग विचार मिल्ने शक्तिसँग सहकार्य गरिने बताएका छन् । वैद्यले नेपालको पछिल्लो समय भारतीय हस्तक्षेप बढेको निस्कर्षसमेत निकालेका छन् ।

केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न वैद्यले जारी गरेको विज्ञप्तिमा सरकारलाईपनि विप्लव समूहप्रतिको व्यवहार परिवर्तन गर्न भनेका छन् । उनले सरकारलाई विप्लव समूहप्रति राजनीतिक व्यवहार गर्न तथा राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै खोज्न सुझाव दिएका छन् ।