स्कुटर दुर्घटनामा दुई भारतीय महिलाको मृत्यु

प्रकाशित मिति:

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका १० मा शुक्रबार साँझ स्कुटी दुर्घटनामा परी दुई जना भारतीय महिलाको मृत्यु भएको छ। बेलौरीको शिवनगरमा रहेका माइती भेटन आएका भारतको उत्तर प्रदेशको पिलिभित जिल्ला कम्पोजनरका २५ वर्षीया मनिषा हमाल र २३ वर्षीय पलविन्दर चौधरीको युपि २६ एए ६५३८ नम्बरको स्कुटी साँझ ६ बजेर ३० मिनेट जादा कल्भर्टमा ठोक्किँदा मृत्यु भएको प्रहरी चौकी भुडाका प्रहरी सहायक निरीक्षक डम्बर सिंह कार्कीले बताए।

दुवै जना माइतीलाई भेटन आउने क्रममा स्कुटी असन्तुलनभै कल्र्भटमा ठोक्किँदा दुवै जना गम्भीर घाइते भएपछि तत्कालै एम्बुलेन्समार्फत अस्पताल लैजाने क्रममा बाटोमै दुवै जनाको मृत्यु भएको उनले बताए। मृतक दुवै जनाको शव परिवार जिम्मा लगाइएको छ।