यो सरकार अधिनायकवाद तर्फ उन्मुख छ : महत

१ भाद्र २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
6 Shares


नेपाली कांग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महतले सरकारको काम संघीयताप्रति बितृष्णा जगाउने खालको भएको टिप्पणी गरेका छन् ।

पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महतले सरकारकै कारण संघीयता असफलतातिर उन्मुख भएको दाबी गरे । संघीयता बाँदरको हातमा नरिवल जस्तो भएको बताउँदै उनले भने, ‘जनताले बोक्नै नसक्ने गरी करको भारी लगाइएको छ । सरकारको चालचलनले संघीयता असफलतातिर जाँदैछ । यसले संघीयताप्रति बितृष्णा जगाउने काम भयो, यसमा सरकार सच्चिनुपर्छ ।’सरकार सुनको अण्डा दिने कुखुरा नै काटेर खाने आहान चरितार्थ गर्न उद्यत रहेको आरोप लगाउँदै यसले समृद्धि हासिल नहुने बताए । उनले कांग्रेसले जितेका स्थानिय तहमा भारी कर लगाउन नदिने र लगाएको भए फिर्ता गर्न निर्देशन दिइने बताए ।कांग्रेस सहमहामन्त्री महतले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • श्री राम जनकी शिव मन्दिर ,सम्झना परिवार क्लब र नारी…
  • शाइन रेसुंगा बैंकद्वारा प्युठानलाई ५० थान पीपीई
  • कोरोना भाइरसबाट कसरी बच्ने ,यसो भन्नुहुन्छ जनस्वास्थ्य विज्ञ डा. रविन्द्र…
  • रामग्राम नगरपालिका राहात कुहिएको चामल
  • भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक
  • तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन :राहत वितरणमा हालसम्म…
  • गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण
  • कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
  • कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित
  • सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको मानमर्दन गर्ने दुई जना पक्राउ