बुटवल – तिलोत्तमामा जारी प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगितामा आजदेखि क्वाटर फाइनल खेल शुरु हुंदैछ । आज हुने पहिलो क्वाटर फाइनल खेलमा पाल्पा ११ पाल्पा र र सिम्रिक युवा क्लव बुटवलका बीचमा हुने छ । यसअघि शुक्रबार पहिलो चरणको अन्तिम खेलमा झरना स्पोर्ट्स क्लव बिजयी भएको थियो ।
तिलोत्तमा फुटवल एकेडेमीको आयोजनामा वडा नम्वर १ को चप्परहट्टी स्थित खेल मैदानमा सम्पन्न खेलमा भु पु सैनिक जबई स्पोर्टिङ क्लब सालघारी बुटवललाई एकका बिरुद्ध २ गोलले झरना स्पोर्ट्सले पराजित गरेकोथियो । खेलमा दुबै क्लवले एक एक आत्मघाति गोल गरेका थिए । खेलको १८ औं मिनेटमा झरनाका लागि सक्षम थापाबाट र भूपू सैनिकका लागि डेनिस गुरुगंबाट ६७ औ मिनेटमा आत्मघाति गोल भएको थियो ।
झरनाका अबिनास खरेलले ३८ औं मिनेटमा गरेको गोल नै आजको खेलका लागि निर्णायक बन्यो । खेलमा झरनाका अबिनास खरेल म्यान अफ दी म्याच बन्न सफल भएका थिए । २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैया नगद सहित कप तथा मेडल र उपबिजेता टीमले ५५ हजार रुपैयां नगद र मेडल प्राप्त गर्ने एकेडेमीका महासचिव युवराज पराजुलीले बताए ।