काठमाडौंमा ४.६ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति:

काठमाडौं – काठमाडौं र आसपासको जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा ठूलै धक्का महसुस हुने गरी भूकम्प गएको हो ।

भक्तपुरको सल्लाघारी नजिक केन्द्र विन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले बताए ।

भूकम्पको धक्का महसुस भएलगत्तै स्थानीय घर बाहिर निस्केका थिए । शनिबारको धक्कालाई २०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्पको पराकम्प भएको विभागले जनाएको छ ।