जान्नुहोस् , गर्मीमा घरमै गर्न सकिन्छ छालाको उपचार

प्रकाशित मिति:

मौसममा आउने परिवर्तनसंगै हाम्रो जीवनशैलीमा पनि कति कुराहरु परिर्वतन हुन्छन् । बषर्ायामको कुरा गर्नु पर्दा यो मौसम कृषकहरुका लागि अति नै महत्वपुर्ण मानिन्छ । वर्षायाम लाग्नासाथ हामी गर्मीबाट राहत पाएको अनुभव गर्छौं । यद्यपि, वर्षाले राहत संग-संगै धेरै समस्याहरु पनि लिएर आउने गर्छ । यो मौसममा छाला सम्बन्धि समस्याहरु जस्तै स्किन एलर्जी, छाला चिलाउने, छाला पास्ने आदि देखिन थाल्छन् ।

हुन त छालाको समस्यालाई प्राय हामी सामान्य रुपमा लिन्छौं । यद्यपि, समयमा यसको उपचार नगरेमा छालालाई धेरै नोक्सान पु्र्‍याउन सक्छ । छालाको समस्यालाई घरमा बनेका घरेलु औषधीले पनि निको पार्न सकिन्छ ।

स्याउको जुस –  छालामा हुने एलर्जीको उपचार गर्नका लागि स्याउको जुस लामो सयमदेखि नै प्रयोग गरिदै आएको छ । यसमा समावेश एन्टी बायोटिक तथा एन्टी हिस्टामिनले एलर्जिक रियाक्शनसाग लड्न सहयोग गर्छ । यसको प्रयोगका लागि एक गिलास पानीमा एक चम्चा स्याउको जुस मिसाउनु पर्छ । त्यस्ामा एक चम्चा कागतीको रस र मह पनि मिसाउनु पर्छ । यो मिश्रणलाई दिनमा तीन चार पटक सेवन गर्नाले छालाको एलर्जीबाट छुटकारा पाउन सकिन्छ ।

बेेकिङ सोडा – एक कप बेकिङ सोडालाई एक बाल्टी मन तातो पानीमा मिसाउनु पर्छ । यो मिश्रणमा बर्खाको पानीले प्रभावित भएको शरिरको भाग अथवा एलर्जी भएको अंगलाई ३० मिनट सम्म डुबाइराख्ने । यस बाहेक बेकिङ सोडालाई पानीमा लेप बनाएर पनि प्रभावित भागमा लगाउन सकिन्छ ।

कागती –  कागतीमा एन्टिसेप्टिक र एन्टि इन्फ्लेमेटरी गुण भएकोले छालाको चिलाउने समस्यालाई कम गर्न सक्छ ।थोरै कागतीको रसलाई एलर्जी भएको शरिरको अंगमा लगाउनाले छालाको समस्या हट्छ ।

एलोभेरा (घीउ कुमारी) –  गर्मीमा हुने छालाको समस्याबाट छुटकारा पाउनका लागि एलोभेरा पनि उपयुक्त मानिन्छ । एलोभेराको एउटा पत्तालाई लिएर त्यसको बीच भागमा काट्नु पर्छ । अब त्यसबाट आउने तरल पदार्थ -जेल) लाई एलर्जी भएको ठाउामा दल्ने र केही समय सुक्न दिने । एलोभरामा एन्टि ब्याक्टेरियल, एन्टी फंगल तथा एन्टी भाइरल तत्व पाइन्छ, जसले छालालाई राहत दिनुका साथै चिनाउने समस्यालाई पनि कम गर्छ ।

ओटमील – छालाको समस्याका लागि ओटमीलको प्रयोग पनि उपयोगी हुनसक्छ । वर्षायाममा आउने चिपचिप पसिनाले छालालाई निकै हानी पुर्‍याउाछ, जसले चिलाउने र छालाको इन्फेक्सन नै हुने सम्भावना रहन्छ । यद्यपि, हामीले आफ्नो भान्सामा हुने ओटलाई एउटा ब्यूटी प्याकको रुपमा प्रयोग गर्न सकिन्छ । यसले मनसूनमा हुने छालाको समस्यालाई निराकण गर्दछ । यसका साथै ओटमीलको ब्यूटी प्याकले छालामा ग्लो समेत ल्याउाछ । यसको प्रयोग गर्नका लागि एक कप पिसिएको ओटमीलमा हल्का तातो पानी मिसाउनु पर्छ । उक्त पेस्टलाई छाला एलर्जी भएको ठाउामा लगाउने । यसबाट तपाईंले केही मिनेटपछि नै परिणाम प्राप्त गर्न सक्नु हुनेछ ।