ट्याक्सीको ठक्करबाट बबरमहलमा एक जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं – बबरमहलमा ट्याक्सीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापा रहेका छन् ।

काठमाडौँ महानगरपालिका–११ स्थित बबरमहल सडकमा बा२ज ११८८ नं को ट्याक्सीले बा८३प ४०३५ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार थापाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले जानकारी दिए ।

स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० का रोहितसिंह ठकुरीको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भइरहेकोछ । दुर्घटनापछि फरार ट्याक्सी चालकको खोजी भइरहेको छ ।