भारतले नेपाललाई १६ अर्ब ८० करोड अनुदान छुट्यायो

२१ असार २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


नयाँ दिल्ली – भारत सरकारले नेपाललाई १६ अर्ब ८० करोड भारतीय रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ । सन् २०१९/२० को बजेट प्रस्तुत गर्दै भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नेपाललाई १६ अर्ब ८० करोड भारतीय रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने जनाएकी हुन् ।

अघिल्लो सरकारले नेपाललाई १२ अर्ब भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । भारतले अन्य मुलुकलाई दिने अनुदान बजेट भाषणमै उल्लेख गर्ने परम्परा छ । भारतले दिने अनुदान भने भारतीय विदेशमन्त्रालय अन्तर्गतबाट आउने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया