९७ औँ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तर्कृया

प्रकाशित मिति:

                              ♦रामवन सहकारीद्वारा मुखपत्र विमोचन
भैरहवा – ९७ औँ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा रुपन्देहीको मणिग्राममा रहेको रामवन सहकारी संस्थाको आयोजनामा तिलोत्तमा नगरपालिका भित्र कार्यक्षेत्र तथा दर्ता भएका १ सय ४ ओटा सहकारी र अन्य बचत संघमा आवद्ध भएका ५२ ओटा सहकारीहरुको प्रमुख तथा अध्यक्षको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । नगरविकासमा सहकारीहरुको के कस्तो भूमिका रहन सक्ने र के कस्ता व्यवसाय सञ्चालन गर्न सक्ने भन्ने विषयमा छलफल भएको हो ।

तिलोत्तमा नगरको विकासका लागि सहकारीहरुलाई आवश्यक पर्ने सहयोग गरि समन्वय गरेर अगाडि बढ्न तयार भएको बताउँदै योजनाबद्ध ढङ्गबाट सहकारी नगरसँग सहकार्य गर्न आए सहयोग गर्ने तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । सहकारीको उद्देश्य अनुरुप काम नगरेका सहकारीलाई अनुगनम गरि कारवाहीको दायरामा ल्याउने तयारीमा नगर रहेको प्रमुख घिमिरेले बताए । सहकारी ऐन २०७४ लाई अबलम्बन गर्दै नगर विकासमा सहकारी लाग्नु पर्ने उनले बताए । सहकारीले सामाजिक कार्यलाई प्राथमिकता दिँदै आफ्ना शेयर सदस्यलाई उद्यमी बनाउने काममा लाग्नु पर्ने नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका सञ्चालक समिति सदस्य कृष्ण नेपालले बताए । एउटै व्यक्ति ६, ७ ओटा सहकारीको सदस्य बनेर ऋण निकाल्ने र जग्गा पप्लटिङ् गर्ने काम भएको बताउँदै अब सहकारी व्यवस्थित गरि मर्जर गर्ने बेला आएको नेपालले बताए ।

नगरले एक वडा एक उत्पादन गरी बीचमा विचौलिया आउन नदिइ सिधा किसानबाट खरिद गरि नगरपालिकाले विक्रि वितरण गर्ने व्यवस्था मिलाउन राष्ट्रिय सहकारी बैंकका सञ्चालक समिति सदस्य माधबलाल देवकोटाले बताए । नगरले सहकारीलाई लगाएको कर एकिकृत रुपमा नभएको बताउँदै राष्ट्रिय सहकारी विकास बैंकले सुशासनमा लैजाने र सहकारीको वित्तीय विकासकालागि तालिमहरु दिने काम गरेको बताए । सहकारीको नीति निर्माण गरि सहकारीलाई आवश्यक पर्ने सल्लाह सुझाब दिनको लागि सधै तयार रहेको छ देवकोटाले भने ।
सरकारले राष्ट्रलाई सम्वृद्ध बनाउन सहकारीको सहयोग आवश्यक रहेको दुग्ध विकास सहकारीका संस्था केन्द्रिय सदस्य हरि प्रसाद काफ्ले बताए । तिलोत्तमा नगरपालिकालाई दुग्ध सहकारी संस्थाले नगरलाई दूधमा आत्मनिर्भर बनाएको छ । स्थानीय सहकारीले दुग्धसहकारीलाई हेर्ने दृष्टि परिवर्तन गरी, पशुसेवा केन्द्र, घाँसको बिऊ, नश्लसुधार, मौसम अनुसार पशुमा लाग्ने रोग नियन्त्रण गर्न स्थानीय सरकारले सहयोग गर्नु पर्ने काफ्लेले बताए ।

नेपालको सन्दर्भमा ६२ औँ वर्षको दौरानमा रहेको बताउँदै सहकारी स्थानीय सरकार सँग जोडिएर काम गर्न खोजेको वचत तथा ऋण सहकारी संस्था रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराईले बताए । आर्थिक असन्तुलनलाई मिलाउन सहकारीले ठूलो भूमिका खेलेको बताउँदै सहकारीले उद्यमशील तालिम गराउँदा सहकारी सदस्य रोजगारी बन्न पुगेका छन् । नगरको विकास गर्न सहकारी मार्फत सहजहुने र गरिबीको मात्र घट्न सक्ने भट्टराईले बताए ।  सहकारीको पद्धति र आचरण अनुरुप नेतृत्व गर्न अगाडि बढ्नु पर्ने, नियमित अनुगमन र सहकारीहरु बीच समन्वय हुन नसकेको, सरकार र सहकारी बीच लगानी सहभागिता रहनु पर्ने रामवन सहकारी संस्थाका अध्यक्ष बाबुराम भण्डारीले बताए । वित्तीय समस्या न्यूनीकरणका लागि संयुक्त खाँचो रहेको बताउँदै सहकारीका व्यवसायका के हुन स्पष्ट हुन नसकेको अध्यक्ष भण्डारीले बताए ।
सहकारीलाई आकर्षणको थलोको रुपमा विकास गर्नु पर्ने सहकारी विद् खगराज शर्माले बताए । नगरमा रहेका सहकारीले कुन क्षेत्रमा के काम गर्न सक्छ भन्ने कुरा महत्वपूर्ण रहेको बताउँदै उत्पादनमुखि हुनु पर्नेछ । सहकारी ऐन २०७४ ले तोकेको मापदण्डभित्र रहेर नगरको विकासमा योगदान पु¥याउनु पर्छ । ठूला उद्योग सञ्चालन गर्न सहकारी मार्फत गर्न सहकारी ऐन २०७४ ले भनेकोले अब उद्योग व्यवसाय सञ्चालन गर्न बाटो खुला गरेको छ । ९० प्रतिशत कृषि सहकारीले बचतको मात्रै काम गरेको बताउँदै अबका दिनमा त्यसो गरेर सहकारी अगाडि बढ्न नसक्ने शर्माले बताए ।

नियमित रुपमा किस्ता तिर्ने, वचत बुझाउने कार्य गरेका व्यक्तिलाई संस्थाले प्रदान गर्ने कर्जा उपभोग गर्न सक्नेछन् उनले भने । अबको राज्यको नीति एक व्यक्ति एउटा सहकारीको मात्र सदस्य बन्न पाउनेछन् । कृषि फर्महरु खोलेर विदेश पलायन हुने व्यक्तिलाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने काममा सहकारी लाग्नु पर्दछ शर्माले भने । युरोपेली सिद्धान्त अनुसार सहकारीको विकास भएको र तिलोत्तमामा रहेका सहकारीले धेरैलाई रोजगारी दिनुका साथै आगामी दिनमा स्थानीय सरकारले रोजगारीको वातावरण सिर्जना गर्नु पर्ने प्रा.डा. माधबलाल ज्ञवालीले बताए । न्यून उत्पादन गरेर अबको दिनमा सहकारी चल्न नसक्ने ज्ञवालीले बताए । कार्यक्रम बाबुराम भण्डारीको अध्यक्षता, तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यता, उपाध्यक्ष भगवती भट्टराईको स्वागत मन्तव्य, सचिव खेमराज पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।