तीन महिने आधारभुत सिलाई कटाई सम्पन्न

प्रकाशित मिति:

कञ्चन –कञ्चन गाउपालिकाको बिभिन्न स्थानहरुमा संचालित तिन महिने आधारभुत तथा एक महिने बिशिष्टीकृत सिलाई कटाई तालिम सम्पन्न भएको छ। गत फागुन महिना देखि संचालन भएको तालिमको समापन कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले गर्नु भएको हो ।नेपाल कपडा तथा सिलाई ब्यबसाय संघ,कञ्चनको आयोजना तथा कञ्चन गाउपालिकाको आर्थिक सहयोगमा संचालित सो तालिमको समापन गदै गाउपालिका अध्यक्ष क्षेत्रीले आफुले सिकेको सिपलाइ ब्यबहारमा लागु गर्नु पर्ने बताउदै उधमी बन्न चाहने ब्यबसायीहरुलाई गाउपालिकाले अनुदान समेत उपलब्ध गराउने बताउनु भएको छ।

यसैगरी गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले आफु सक्षम बन्न र सबल ब्यबसायी बन्न महिलाहरु ब्यबसायमा निरन्तरता र परिश्रमी हुन आवस्यक रहेको बताउनु भएको छ।
कार्यक्रममा बिपन्न प्रशिक्षार्थीहरुहरुलाई सिलाई कटाइको मेसिन समेत बितरण गरिएको थियो । मेसिन पाउनेहरुमा पार्वती श्रीस थापा,धनमाया थारु,लालमाया पुन बुढा,बेल कुमारी क्षेत्री,श्रृजना घर्ति रोका,सरस्वती शर्मा सोनु थारु,मिना पुन,सरस्वती दर्जी र रमा पराजुली रहेका छन।

कञ्चनको बिभिन्न स्थानमा संचालित आधारभुत तालिममा ७८ जना महिला,बिशष्टिकृत तालिममा महिला २८ र पुरुष १५ गरी १२१ जनाले तीन महिना सम्म सिलाई कटाइ सम्बन्धी तालिममा सहभागि जनाएको समापन कार्यक्रममा कञ्चन गाउपालिका वार्ड नं। १ का अध्यक्ष हरिनारायण थारु,कार्यपालिका सदस्य रेणु कुवर,प्रमुख प्रशिक्षक भिम बहादुर परियार,प्रशिक्षक मिना पुन लगायतले बोल्नु भएको कार्यक्रमको अध्यक्षता तथा प्रशिक्षक नेपाल कपडा तथा सिलाई ब्यबसाय संघ,कञ्चनका अध्यक्ष जित बहादुर परियारले गर्नु भएको थियो भने संचालन वार्ड नं। ५ का वडा सदस्य लक्ष्मी परियारले गर्नु भएको थियो भएको थियो ।तालिमको सहजिकरण प्रमुख प्रशिक्षक भिम बहादुर परियार,जित बहादुर परियार,शिला घर्ति र प्रेम कुमारी नेपालीले गर्नु भएको थियो ।