असल बुहारी सम्मान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नवलपरासी –बर्दघाट नगरपालिका वडा नम्बर २ पश्चिम नवलपरासीको आयोजनामा असल बुहारी सम्मान कार्यक्रम शनिबार चिसापानीमा सम्पन्न भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर २ की वडाध्यक्ष दयादर्लामीको अध्यक्षता तथा बर्दघाट नगरपालिका उपप्रमुख एवं न्यायीक समिती संयोजक मायादेवी पौडेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्याक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले संस्कार र संस्कृति जोगाउनको लागी यस्ता खालका कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउदै प्रेणा स्वरुप अन्य सबैले ग्रहण गर्नु पर्ने र यस्को सिको सबै वार्डहरुले गर्दै कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा अध्यक्ष दर्लामीले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै आफु भित्र भएका राम्रा संस्कारलाई स्वीकार गर्दै पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने र कुसस्कारलाई जरैबाट हटाउनु पर्ने बताउनु भयो ।कार्यक्रममा नगर प्रवक्ता एवं वार्ड नं. ४ का वार्ड अध्यक्ष रविन्द्र बिक्रम हमाल, सुपर बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष माया पौडेल,चिसापानी बल्क नंं. ५ टोल विकास संस्थाका अध्यक्ष कृष्ण प्रसाद लामिछाने , चिसापानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष होम बहादुर गरुगं , ज्येष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य राम चन्द्र अधिकारी समाजसेवी शिवलाल कंडेल ,लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा वार्ड नं. २ भित्र रहेका १५ जना बुहारी हरुलाई छनौट गरी दोसल्ला सम्मानपत्र र नगद सहित सम्मान गरिएको थियो । आफ्नो घरमा रहेर ८० बर्ष उमेर बढीका ज्येष्ठ नागरिकलाई र अपागं अशक्तलाई निरन्तर रुपले राम्रो संग सेवा गरिरहेको आधारमा उक्त बुहारीहरुलाई छनौट गरि सम्मान गरिएको वार्ड अध्यक्ष दर्लामीले बताउनु भयो । कार्यक्रममा विभिन्न टोल विकास संस्थाका पदाधिकारी संघ संस्थाका प्रतिनिधि, आमा समुहका पदाधिकारी, वडाबासी, समाजसेवी बुद्धिजिवि, संचार कर्मी लगायतको उपस्थिति रहेको थियो । वडा सदस्य प्रेम हादुर सोमैको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन वार्ड नं २ की वार्ड सचिव हिमाकुमारी बनले गर्नु भएको थियो ।