पाल्पा ११ तिलोत्तमा मेयर कपको सेमिफाइनलमा

प्रकाशित मिति:

बुटवल – पाल्पा–११ पाल्पा, तिलोत्तमामा जारी प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । तिलोत्तमा–१ चपरहट्टी खेल मैदानमा शनिबार सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा पाल्पाले सिम्रिक युवा क्लब बुटवललाई ३–१ गोल अन्तरले पाखा लगाउंदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

पाल्पा ११ को जितमा सुस्मित केसीले ६० औं र ७० औं मिनेटमा तथा सन्देश तिमिल्सिनाले ७३ औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको ४६औं समनेटमै गोल गरेर अग्रता लिएको सिम्रक दोस्रो हाफमा भने पाल्पाको दवावमा परेर रक्षात्मक खेलेको थियो । आइतबार हुने दोस्रो क्वाटर फाइनल खेलमा स्मृति स्पोर्ट्स क्लब बुटवल र फर्साटिकर युथ क्लबबीच खेल हुने आयोजक तिलोत्तमा फुटबल एकेडेमीका विकास गुरुङले जानकारी दिए ।

असार २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैया नगद सहित कप तथा मेडल र उपबिजेता टीमले ५५ हजार रुपैयां नगद र मेडल प्राप्त गर्ने एकेडेमीका महासचिव युवराज पराजुलीले बताए ।