भोटेकोशीले बगाउदा २ जना बेपत्ता

प्रकाशित मिति:

सिन्धुपाल्चोक -शनिबार राति आएको वर्षापछि भोटेकाशीमा आएको बाढिले २ जना बगाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ मा निर्माणधिन शीवश्री हाइड्रोपावरमा कार्यरत २ जना बाढिले बगाएर बेपत्ता भएका हुन् ।बाढिका कारण अर्का १ घाइते भएका छन्। शनिबार रातिको अविरल बर्षापछि भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा उनीहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यलयका डिएपी माधव काफ्लेले जानकारी दिएका छन

प्रहरी घटनास्थलतर्फ जाँदै गरेको र यसबारेमा थप विवरण आउँन बाँकी रहको प्रहरीले जनाएको छ। बाढिका कारणा बेपत्ता भएकाको खोजि थालिएको र घाइते उपचार भइरहेको जनाइएको छ ।