”जात्रै जात्रा” ले पूरा गर्यो प्रदर्शनको ५१ दिन

प्रकाशित मिति:

काठमाडौँ –फिल्म ”जात्रै जात्रा” ले प्रदर्शनको ५१ दिन पुरा गरेको छ ।प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म ”जात्रै जात्रा” ले काठमाडौं तथा मोफसलका ७ वटा हलहरुमा प्रदर्शनको ५१ दिन पुरा गरेको हो ।शनिबार फिल्म निर्माण टिमले काठमाडौंमका हलहरुमा पुगि दर्शकसँग बसेर केक समेत काटेका थिए

निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ, कलाकार रविन्द्र झा, नायिका बर्षा राउत लगायतका उपस्थितमा केक काटेर फिल्म प्रदर्शनको सेलिब्रसन गरेका छन्।फिल्म ”जात्रै जात्रा”मा बिपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा र बर्षा राउत लगायतले अभिनय गरेका छन् ।