प्रियंका चोपडाले गरिन् ईन्गेजमेन्ट

प्रकाशित मिति:

बलिउड एवं हलिउड अभिनेत्री प्रियंका चोपडाले इन्गेजमेन्ट गरेकी छिन् । उनले आफ्नो ३६ औं जन्मोत्सवको अवसरमा  इंगल्याण्डको लण्डनमा इन्गेजमेन्ट गरेकी हुन् । उनको लामो समयदेखि अमेरिकी गायक निक जोनससंग चक्कर थियो। भारतीय संचारमाध्यमहरुले प्रियंकाभन्दा ११ वर्ष कान्छा निकसंग इन्गेजमेन्ट भए पनि त्यसको सार्वजनिक आधिकारिक रुपमा नगरिएको बताएका छन् । प्रियंकाको जन्मदिनमा परिवारका सबै सदस्य सहभागी थिए । सोही अवसरमा इन्गेजमेन्ट भएको हो । यसअघि परिवार निकको घर अमेरिका गएको थियो ।

प्रियंकाले अब ‘भारत’ का फिल्ममा समेत काम नगर्ने भएकी छिन् । सलमान खानको बहुप्रतिक्षित फिल्ममा प्रियंकाले काम नगर्ने निर्देशक अलि अब्बास जफरेलले  ट्वीटरमार्फत जनाएका छन् ।