सटुकाको बाटोमा ठुला ठुला भ्वाङ , सरकारको वेवास्ता गरेको गुनासो

प्रकाशित मिति:

स्याङ्जा । निर्माणाधिन पुलभन्दा माथि बाट पहिरो खसेर माथिको बाटोमा ठुला ठुला भ्वाङ परेपछी स्याङ्जा सटुकाका स्थानियबासी समस्यामा परेका छन । कालीगण्डकी गाउपालिका वडा न ३ सटुका देखि पाल्पा जाने मोटरबाटो अन्तर्गत निर्माणाधीन नयाँ मोटरपुल स्याङ्जा पट्टी भन्दा लगभग २०० मिटर माथिको भागमा ५० देखि १०० मिटरको दुरिमा धेरै ठाउँमा नै ठुला ठुला भ्वाङहरु परेका हुन । बर्खा लाग्नु भ्न्दा केही समय अगाडि देखी नै बाटोमा भ्वाङ पर्न थालेपछी स्थानियबासि त्यो बाटो प्रयोग गर्न समेत त्रास बढेको स्थानिय बिमल पाण्डेयले बताएका छन ।

यसैबिच उक्त भ्वाङ्हरू स्थानीयले पटक पटक पुर्दा पनि निरन्तर भ्वाङ्ग परीरहेपछी यात्राका क्रममा यात्रुलाई पर्न जाने असुविधा र जोखिम न्यूनीकरणका लागि सटुका र बटिचौरका स्थानीय बासिन्दाहरुले वैकल्पिक बाटोको रुपमा गोरेटो बाटो बनाएका छन । पानी परेको बेलामा पहिरो जान सक्ने डर भएकाले उक्त बाटो भएर यात्रा गर्न जोखिमपूर्ण भएको हुँदा त्यहाँबाट यात्रा नगर्न स्थानियले अनुरोध गरेका छन । त्यसबाट पर्न जाने क्षति र असरलाई मध्यनजर गर्दै समस्या समाधानको उपायको बारेमा समयमै ध्यान दिनुहुन सम्वन्धित सरोकारवाला निकायहरु र स्थानीय सरकारसँग अनुरोध गरेका छन । उनिहरुले नयाँ निर्माण गरिएको पुलनिर ठुलो पर्खाल बनाउनु पर्ने र माथि तिर को कच्ची बाटोलाई आवश्यकता अनुसार अस्तरोन्नती गर्न माग गरेका छन । तर सरोकारवाला निकायले भने यो बिषयमा कुनै कदम चालेको छैन । उक्त बाटोको बढ्दो जोखिम नियन्त्रण गर्न नसकेमा कालिगन्डकी गाउपालिकाका र निर्माणाधिन पुललाई पनि असर पर्नेछ ।