शिक्षा क्षेत्र सुधारमा नैराश्यता

प्रकाशित मिति:

यस पाला पनि फलामे ढोकाको इन्ट्री धुमधाम भयो । सरकारले बाह्र कक्षालाई विद्यालय स्तरको अन्तिम परिक्षा मान्ने भनिए पनि बाह्र कक्षा कसले कुर्थ्यो , ग्रेड र जिपिएको बाढी फेरी चल्यो । परिणामले कतै हतास र कतै उदासीनता । यो त संस्कारै भयो, समाजले मात्र उचालेको भए संस्कार मात्र हुन्थ्यो सरकारले उचाले पछि राजनीति पनि भयो , बँचे खुचेको व्यापार त भन्नै परेन । सांसद शान्ता चौधरीले त संसद वैठकको महत्वपूर्ण समय लिइन्, उनले पनि यसैपाली एसईई दिएकी थिईन् । नेकपाकी सचेतकको त्यो प्रस्तुतिले उनको व्याक्तिगत विचार मात्रै समेट्दैन भन्ने बुझाइ हो र शुभकामना र धन्यवाद टक्राएको त्यो मन्तव्य बाहेक कसैले पनि यो प्रारम्भिक डिग्रीका सन्दर्भ र यस पछिका विकृतिका बारेमा कसैको ध्यान पुगेन ।

सामाजिक सञ्जाल कुनै उत्कृष्ट जिपिएका अपडेटले भरिए , त्यो बलशाली ग्रेडले विद्यार्थीको अवको यात्रा तय गर्दै थियो, हेर्दा लाग्छ उनीहरुको उत्कृष्ट परिणामले अढव बाँकी समय हात बाँधेरै बसे पुग्छ । सरकारले कहिले पनि उच्च शिक्षा सुधारमा ध्यान पुर्याउन भन्दा पनि साविकैका संकाय संचालनमा गर्व गरेर बसेको हुन्छ, बढिमा सिटिइभिटीका तालिममा लगानी गरेको हुन्छ । कमजोर नम्बर ल्याउनेले तिनै प्राबिधिक शिक्षामा चासो देखाउने बाँकी सबै विदेश लक्षित अध्ययन गर्ने र अध्ययन पश्चात विदेश मोहमै हराउने परिपाटीले भोली के परिणाम देला रु सबै क्षेत्रमा सुधारको आवश्यकता देख्ने सरकार र संसदमा जुहारी खेल्ने तर शिक्षा क्षेत्र सुधारको आवश्यकता र विकासका सन्दर्भमा छलफल गर्नु पर्दैन पुर्वाधार र लगानीका हिसावले विनियोजित बजेट उच्च हुन्छ  तर परिणाम उल्टो छ । शिक्षित जनशक्तिको तथ्याङ्कीय पारो उक्लने तर शैक्षिक बेरोजगारले प्रधानमन्त्री रोजगार कार्यक्रमको बेल्चा समात्ने, यसैले जन्माउला सम्वद्धी