प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले यस्तो आक्रोस सामाजिक सञ्जालमा पोखेपछी…

प्रकाशित मिति:

बुटवल – निणर्य गर्दै पछाडी फकर्दै गरेपछी अहिले सरकारको आलोचना भईरहेको छ । निणर्य गर्नअघि कार्यान्वयन गर्न सकिने नसकिने अवस्थाको समेत बिश्लेषण गर्न नसक्नु सरकारको कमजोरी हो । सरकारको आलोचना बढ्दै गएपछी प्रधनामन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई सरकारका कामको बचाउ गर्न निर्देशन दिनु भएको छ । सरकारको कमजोरीलाई लिएर सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको भन्दा बढी सल्लाहकारहरुको भूमिकाका सम्वन्धमा टिप्पणीहरु आईरहेका छन ।

आफनो भूमिकाका सम्वन्धमा टिप्पणी आइरहेपछी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले निकै आक्रामक ट्वीट गर्नु भएको छ। सामाजिक सञ्जाल ट्वीटरमार्फत रिमालले लेख्नु भएको छ, ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दुःख दिन्छन्, यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ’ सरकारको कार्यशैलीमा चौतर्फी हमला भएको छ।

सरकारले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण रोकेकोमा आफ्नै नेताहरुको असन्तुष्टि छ। त्यस्तै गुठी विधेयकलयातका विवादास्पद विधेयकले गर्दा सरकारलाई अप्ठेरो पर्दै आएको छ।
सरकारको कार्यशैलीप्रति आलोचना भइरहेका बेला प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले निकै आक्रामक ट्वीट गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत रिमालले लेखेका छन्, ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दुःख दिन्छन्, यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?’