परीक्षा बोर्डको मिति सर्ने पुरानै रोगः पुरक परिक्षाको मिति सर्यो

प्रकाशित मिति:

काठमाडौं – एसइईको पूरक तथा ग्रेड वृद्धिको परीक्षा मिति सरेको छ। यसअघि साउन २२ र २३ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

भदौ १ गते अनिवार्य अंग्रेजी र वेद विद्याश्रमका तर्फबाट संस्कृत भाषा र साहित्यको हुनेछ । २ गते सोमबार अनिवार्य नेपालीको हुनेछ र सोही दिन गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको हुनेछ । भदौ ३ गते अनिवार्य गणित, भदौ ४ गते अनिवार्य विज्ञान, र त्यही दिन वेद विद्याश्रमबाट अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको हुँदैछ। यस्तै, भदौ ५ गते अनिवार्य सामाजिक, भदौ ६ गते अनिवार्य स्वास्थ, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा सञ्चालन हुँदैछ।

सोही दिन वेदविद्याश्रमका तर्फबाट अनिवार्य कर्मकाण्ड वा अनिवार्य फलित ज्योतिष र प्रविधिकतर्फका परीक्षा हुनेछन्। यसैगरी, भदौ ७ गते ऐच्छिक प्रथमका सबै विषय र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा रहेको छ। भदौ ९, १०, ११ गते तीनै दिन प्राविधिक विषयका परीक्षा रहेका छन्।