धुवाँ फाल्ने निजी र सार्वजनिक चारपांग्रे सवारीसाधन आजबाट निषेध

प्रकाशित मिति:

सरकारले वायु प्रदूषण घटाउन आज देखि देशभर महानगरपालिका र उपमहानगरपालिकामा धुवाँ फाल्ने निजी र सार्वजनिक चारपांग्रे सवारीसाधनलाई निषेध गरेको छ ।
ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले यस्ता सवारीसाधनलाई आजदेखि सडकमै जफत गरी कारवाही गर्ने जनाइएको छ । डिजल र पेट्रोलबाट गुड्ने गाडीले मापदण्डभन्दा बढी धुवाँ फाली प्रदूषण बढाएपछि देशभरका सहरमा आज देखि कडाइ गरेको यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिनुभयो । विभागले उपत्यकाबाहिर रहेका भरतपुर, डडेलधुरा, सुर्खेत, विराटनगरलगायत १३ वटा कार्यालयमा प्रदूषण जाँच तीव्र गतिमा थालेको छ ।
सरकारले गत २०७४ फागुन १० मा प्रदूषण मापदण्डभित्र नपर्ने सवारी सञ्चालनमा रोक लगाइने जनाएको थियो । प्रदूषित गाडीलाई २०७५ साल वैशाख १ देखि सडकमा बन्देज लगाउने भनिए पनि प्रदूषण परीक्षण गर्ने मेसिन आपूर्तिमा ढिलाइ भएपछि साउन १ देखि लागू गर्ने मिति तय गरेको थियो । विभागले सवारीसाधन मर्मतसम्भार गरी वातावरणमैत्री स्टिकर लिन एक महिना समय दिएको थियो ।
पेट्रोल गाडीका लागि ४।५ प्रतिशत कार्बन मनोअक्साइड र हाइड्रोकार्बन बढीमा हजार पीपीएम ९पार्ट पर मिलियन० भन्दा थोरै हुनु पर्छ । डिजेल गाडीको हकमा धुँवाको घनत्व अधिकतम ६५ प्रतिशत एचएसयू ९हारट्रिज स्मोक युनिट० हुनु पर्छ ।
सडकको धुलो नियन्त्रण गर्न सम्भव भए पनि सवारीसाधनबाट निस्कने धुलो नियन्त्रण चुनौती बनेको भन्दै सरकारले कडाइका साथ प्रदूषण नियन्त्रण थालेको विभागले जनाएको छ । वातावरणमैत्री सवारीसाधन प्रयोग गर्ने भन्दै सरकार सन् २०३० सम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी विस्थापित गर्ने योजनामा छ ।