ओली प्रचण्ड छलफल : राजनीतिक दस्तावेजमा भयो सहमति

२२ असार २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – पार्टी एकीकरण भएको १३ महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक दस्तावेजमा सहमति जुटेको छ । पार्टीको विधान र नियमावलीलगायतका दस्तावेज प्रकाशित भएर कार्यन्वयनमा गइसके पनि विवादकै कारण राजनीतिक प्रतिवेदन छापिएको छैन ।

जनताको बहुदलीय जनवाद तथा जनयुद्ध जस्ता शब्द र कतिपय राजनीतिक कार्यदिशाका विषयमा सहमति जुटेको थिएन । अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच आइतबार बालुवाटारमा लामो छलफलपछि राजनीतिक प्रतिवेदनका विवादित विषयमा सहमति जुटेको स्रोतले जनाएको छ ।

दुवै अध्यक्षबीच पटक पटक यसबारेमा छलफल भएको र आइतबारको छलफल सहमतिमा पुगेको नेकपा स्रोतको भनाइ छ । एक वर्षअघिनै राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज अध्ययन गरेर सम्पादन गर्ने जिम्मा अध्यक्षद्वयलाई दिइएको थियो । पछिल्लो पटक सचिवालय बैठकमा समेत यसबारेमा कुरा उठेपछि दुवै अध्यक्षले आफूहरुले चाँडै टुंगो लगाउने बताएका थिए । यसबीचमा नेकपामा पार्टीको तत्कालिन कार्यक्रम जनताको बहुदलीय जनवाद कि जनताको जनवाद भन्ने बहससमेत चलेको थियो ।

पछिल्लो पटक मदन भण्डारी जयन्तीका अवसरमा अध्यक्ष ओलीले जनताको बहुदलीय जनवादनै अब जनताको जनवाद भएको बताएका थिए । सोही आधारमा राजनीतिक प्रतिवेदनमा सहमति जुटेको नेताहरुले बताएका छन् । राजनीतिक प्रतिवेदनमा सहमति जुटेपनि केन्द्रीय सदस्यहरुको कार्य विभाजनको एजेण्डा भने सेलाएको छ । एकपछि अर्को प्रकरणमा सरकारको नेतृत्व फस्दै गएपछि पार्टीको बैठक तथा कार्य विभाजन र एकीकरणका बाँकी काम अलपत्र परेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला