कार बम विस्फोटमा परी १२ को मृत्यु

२२ असार २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
88 Shares


घाज्नी – अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटनको घटनामा परी कम्तीमा १२ जना मारिएका छन् । कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन्।

आइतबार भएको विस्फोटन पनि त्यसैको श्रृङ्खला भएको र विस्फोटनमा परी अरु कैयौं घाइते भएको जनाइएको छ। गुप्तचरसम्वन्धी एक कार्यालय नजिकै विस्फोटन भएको हो। अमेरिकी सहजकर्ताको समन्वयमा अफगानिस्तानी प्रतिनिधि र तालिवान लडाकूको पक्षबीचमा दोहामा शान्तिवार्ता भइरहेको छ।

अफगानिस्तानमा १८ बर्षदेखि जारी द्वन्द्व समाधानका लागि अमेरिकाले प्रयास गरेपनि खासै उपलब्धि हुनभने सकेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिडुल्लाह मायरले १२ जनाको मृत्यु भएको र १७९ घाइते भएको जानकारी दिनुभयो । घाइते मध्ये अधिकांश सर्वसाधारण र बालबालिका रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको तिनाउ हस्पिटलमा पाईप घुसाएर पत्थरी फोर्ने ‘रेट्रोग्रेट ईन्ट्रासेल सर्जरी’
  • लुुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायीको संगठन विस्तार
  • ‘इनफ इज इअफ’अभियानमा सांसद शाहसहित १४ जनाले जनाए ऐक्यबद्धता
  • नेविसङ्घको सङ्गठन विस्तार खोजेका देउवालाई प्रतिप्रश्न: ‘अपूरो र बबुरो’ किन…
  • मास्क नलगाई घरबाहिर निस्किनेलाई कारवाही गरीने ।
  • कैलालीमा ओली र प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप
  • मनकारी झविन्द्र :आफ्नो जन्मदिनमा अवसरमा विपन्न परिवारलाई सहयोग
  • आजबाट ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
  • भैरहवा भन्सार कार्यालय रुपन्देहीमा लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेन
  • आजको राशिफल हेर्नुहोस