कानुन पढ्दा राम्रो अवसर

२२ असार २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
467 Shares


विगत केही वर्षदेखि न्यायालयमा सर्वसाधारणको सम्पर्क हुने मध्यस्तरको जनशक्ति तयार पार्न कक्षा ११, १२ मा कानुन विषय पढ़ाई हुँदै आएको छ। सरकारले नै न्यायपालिका र कानुन मन्त्रालयमा मध्यमस्तरको जनशक्ति कानुन पढको चाहिने रहेछ भन्ने सोचेर न्याय समन्वय समिति, कानुन मन्त्रालयको सिफारिसमा कक्षा ११ र १२ मा काननु पठाउन थालिएको हो। एसईईमा डी प्लस मात्र जीपीए ल्याउनेले समेत यो विषय पढ्ने अवसर पाउँछन्।

एसईईको नतिजा सार्वजनिक भएको अभिभावकलाई आफ्ना छोराछोरीलाई कुन विषय पढाउने भन्ने चासो हुन्छ। विद्यार्थीको संधि र समाजको आवश्यकतालाई ध्यानमा रात्री उचित परामर्श र भविष्य निर्माणका लागि कानुनमा करिअर रोजगार र अवसरका लागि विगत ३ वर्षदेखि विभिन्न कलेजहरूले कक्षा ११ र १२ कानुन विषय पाउँदै आएका छन्।

एसइइको नतिजा सार्वजनिक भएसँगै अभिभावकलाई आफ्ना छोराछोरीलाई जुन विषय पढाउने भन्ने चासो हुन्छ विद्यार्थीको रुचि र समाजको आवश्यकतालाई ध्यानमा रात्री उचित परामर्श र भविष्य निर्माणका लागि कानुनमा उरिक्षर रोजगार र अवसरका लागि विगत ३ वर्षदेखि विभिन्न कलेजहरुले कक्षा ११ र १२ कानुन विषय पाई आएका छन्।

कानुनको नयाँ पाठ्क्रम अनुसार कक्षा ११ र १२ गरी २ वर्षमा हजारे पूर्णाङ्कमा ७ सय अंकभार कानुनकै हुन्छ। कक्षा ११ मा अनिबार्य नेपाली र अंग्रेजीबाहेक ३ सय पूर्णाङ्क कानुन विषय अध्ययन गर्नुपर्ने व्यवस्था छ। त्यसमा कानुनको सिद्धान्त, नेपाली कानुन प्रणाली,संवैधानिक कानुन र नेपालको संविधान गरी तीन विषय अध्ययन गर्नुपर्छ भने कक्षा १२ मा अनिवार्य अंग्रेजीबाहेक ४ तय पूर्णाङ्क कानुनको विषय अध्ययन गर्नुपर्ने हुन्छ। कानुनको मस्यौदा प्रक्रिया, कार्यावधि कानुन, देवानी र फौजदारी कानुन, मानवअधिकारको पनि अध्ययन गर्नुपर्छ। साथमा ५० पूर्णाङ्कको प्रयोगात्मक पनि हुन्छ।

कानुन नपढेका व्यक्तिलाई सरकारी सेवामा सामान्य कार्याविधि थाहा हुँदैन। यदि कानुन पढेको व्यक्ति प्रवेश गर्ने हो भने कानुनको भाषा बुझेको हुन्छ। सेवाग्राहीको काम पनि चाँडो हुन्छ। कार्यालयमा आदेशको कार्यान्वयन गर्ने मिसिल झिकाउने, म्याद तामेली गर्ने लगायतका काममा खरदार र सुब्बाजस्ता कर्मचारी नै सहभागी हुनुपर्छ। माध्यमिक तहमा कानुनको अध्ययनले विद्यार्थीलाई कानुनी भाषा, विधिशास्त्र, संवैधानिक कानुन, मानवअधिकार सामाजिक न्यायलगायत विषयमा ज्ञान प्राप्त हुन्छ भने भोलिका दिनमा कानुनकै अध्ययन एलएलबीका लागि बलियो बेस तयार गरिदिन्छ।

कालिमाटीस्थित कलेज अफ सेन्ट्रल स्टेटमा रोल्पाबाट कानुन पढ्नै भनेर आएकी छात्रा अञ्जली नेपाली भन्छिन्- ‘अहिले कानुनमा प्लस टु सक्ने बित्तिकै सरकारी जागिरको राम्रो अवसर पाउने सम्भावना उत्तिकै छ।’ त्यस्तै सोही कलेजमा कानुन विषय लिएर पढ्ने छात्रा संगीता भट्ट पनि ११ र १२ मा कानुन पढेपछि अवसरको ढोका खुल्ने बताउँछन्। उनी भन्छिन् ‘अरू विषय पढ्दा पढिसकेर मात्र काम पाउने चान्स हुन्छ। कानुन पढ्दा फाइदै फाइदा छन्। अरूले भन्दा कानुन पढेको व्यक्तिले कानुनको टर्मिनोलोजी भनेको हुन्छ।’

त्रिपुरेश्वरस्थित मुनाल ‘ल’ फर्मका कानुन व्यवसायी युवराज पोखरेलका विचारमा कम्पनी, अदालत, मालपोत, यातायात, श्रम कार्यालय, कन्सलटेन्सी लगायतका ठाउँमा लेखापढी गर्न पाइने कानुन व्यवसाय नै अहिले आकर्षक पेसा बनेको छ। अधिवक्ता रामचन्द्र पौड्यालका विचारमा- ‘कानुन सेवामुखी विषय हो। कानुन पढ्दा अवसरै अवसर छन्। सबैले कानुन पढ्नुपर्छ सबै विद्यालय कलेजले कानुन पढाउनु पर्छ। कानुनको समाजमा सबैलाई सचेत नागरिक बनाउन महत्त्वपूर्ण भूमिका हुन्छ।’

२०७२ को संविधान घोषणापश्चात संघीयता कार्यान्वयनमा त झन् कानुन पढेका जनशक्तिको माग बढिरहेको छ। स्थानीय तहमा न्यायिक समिति गठन हुने भएकाले अहिले हरेक गाउँपालिका, नगरपालिकाले न्याय सम्पादनको काम गरिरहेको छ। यसबाहेक उनीहरूले आफ्नो कानुन आफैं बनाउँछन्। कानुन बनाउनुपर्ने भएपछि उनीहरूलाई कानुन अध्ययन गरेका जनशक्तिको खाँचो छ।

अरू क्षेत्रमा पनि कानुन पढेको जनशक्तिको माग धेरै छ। फेरि ‘ल’ पढ्नेको स्वदेशमा मात्रै होइन विदेशमा पनि माग निकै छ। राम्रो कुरा ११ र १२ मा कानुन विषय पढेपछि विद्यार्थीले स्नातक तहमा कानुनबाहेक अन्य संकायमा समेत अध्ययन गर्न पाउँछन्। जिल्लादेखि उच्च अदालतसम्म बहस गर्न पाउने अधिवक्ता अनुभवका आधारमा जिल्ला, प्रदेश, उच्च र सर्वोच्च अदातलको पनि न्यायाधीश हुन योग्य हुन्छन्। अहिले सरकारले लोकसेवामा जान पनि कानुन अध्ययन गर्नेपर्ने बाध्यकारी व्यवस्थाजस्तै पाठ्यक्रम तयार गरेको छ।

कानुन विषयको यही आवश्यकता र महत्वलाई बुझेर विद्यार्थीलाई कानुनी शिक्षा दिदै आएका कलेजहरूमध्ये सोल्टीमोड कालोमाटीमा अवस्थित काठमाडौँ कलेज अफ सेन्ट्रल स्टेटले विगत ३ वर्षदेखि कानुन विषयमा अध्ययन अध्यापन गराउँदै आएको कुरा क्याम्पस प्रमुख रमेश घिमिरेले बताउनुभयो। विद्यार्थीको सिर्जनशीलतालाई सकेसम्म व्यवहारिक बनाउन सकियोस् भनेर कानुनी परामर्श, करियर काउन्सिलिङ, कमजोर विद्यार्थीलाई कानुनी कक्षा र पृष्ठपोषण, अभिभावकसँगको नियमित सम्पर्क, जिम्मेवारपूर्ण सिकाइका लागि अनुभवी शिक्षक, विषय विशेषज्ञ परामर्श अदालत भिजिटजस्ता प्रयोगात्मक गतिविधिले गदा अरू विषयभन्दा कानुनमा आर्कषण बढ्दो छ। -एडुसञ्जाल

फेसबुकबाट तपाईको प्रतिक्रिया