गरिब तथा विपन्न परिवारलाई घर टहरा र सामुदायिक विद्यालयलाई फर्निचर हस्तानतरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नवलपरासी-पश्चिम नवलपरासीमा सामुदायिक वनले आइतबार एक कार्यक्रमका बीच गरिब तथा विपन्न परिवारलाई घर टहरा बनाई हस्तान्तरण गर्नुका साथै समाजिक शिक्षा कोष अन्र्तगत सामुदायिक विद्यालयलाई फर्निचर समेत प्रदान गरेको छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर २ मा अवस्थित चिसापानी सामुदायिक वन उपभोक्ता समुहले सो सहयोग प्रदान गरेको हो । आइतबार सामुदायिक वनका पदाधिकारी, जनप्रनिधि र सञ्चारकर्मीहरुका बीच भवन तथा फर्निचर हस्तान्तरण कार्यक्रम्म सम्पन्न गरेको छ ।

वनका अध्यक्ष होम बहादुर गुरुंगको अध्यक्षता तथा बर्दघाट वडा नम्बर ३ का वडाध्यक्ष रुद्र प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता एवं वडा नम्बर २ का वडाध्यक्ष दया दर्लामीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बर्दघाट वडा नम्बर ३ लगुनहामा अवस्थित जानकी प्राथमिक विद्यालयलाई ५ थान बेन्च र ५ थान डेस्क गरि १० थान फर्निचरका समान हस्तान्तरण गरिएको हो । सो अवसरमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र हरिजनले सामुदायिक वनको ध्यान अ ाफ्नो विद्यालयमा पुगेकोमा धन्यबादज्ञापन गर्दै आगामी दिनमा पनि आफुहरुले सो वनबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो । त्यस्तै चिसापानी सामुदायिक वन उपभोक्ता समुहले आइतबार नै बर्दघाट वडा नम्बर १२ मझौनीमा अवस्थित दुर्गा आधारभुत विद्यालयलाई समेत फनिर्चरको समान सहयोग गरेको छ ।

सममुदायिक वनका अध्यक्ष होम बहादुर गुरुंगको अध्यक्षता तथा बर्दघाट नगरपालिका वडाध्यक्ष दया दर्लामीको प्रमुख आतिथ्यता एवं बर्दघाट वडा नम्बर ३ का वडाध्यक्ष रुद्र प्रसाद न्यौपानेको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सो विद्यालयलाई ५ थान बेन्च र ५ थान डेस्क गरि १० थान फर्निचरका समान हस्तान्तरण गरिएको हो । कार्यक्रममा वडा नम्बर १२ का वडा सदस्य शिव शरण कहाँर, विद्यालयका प्रअ हरिद्धार प्रसाद गुप्ता लगाएतले मन्तब्य राख्नुभएको थियो । साथै आइतबारै सामुदायिक वनको गरिब तथा विपन्न कोष अन्र्तगत चिसापानी सामुदायिक वन उपभोक्ता समुहले सरावल ५ मधौलीयामा गरिब तथा विपन्न एक घर परिवारलाई घर टहरा बनाई हस्तान्तरण गरेको छ । सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुंग लगाएत सामुदायिक वनका पदाधिकारीहरुले एक कार्यक्रमका बीच सरावल ५ मधवलिया निवासी रमेश चौधरीको परिवारलाई घरको साचोँ हस्तान्तरण गरेका हुन । सो अवसरमा गरिब तथा विपन्न कोष अन्र्तगत आर्थिक बर्ष २०७५, ७६ को रकमबाट टिनको छानो भएको दुई कोठे पक्की भवन समुहको ३ लाख ४८ हजार बराबरको लगानीमा सम्पन्न गरिएको सामुदायिक वनका सहसचिव एवं भवन निर्माण समितिका समयोजक कृष्ण जिवन तिवारीले बताउनुभयो ।

सोही अवसरमा बोल्दै वनका अध्यक्ष गुरुंगले गरिब तथा विपन्न कोषको रकमबाट वनले प्रत्येक बर्ष गरिब तथा विपन्न परिवारलाई विभिन्न प्रकारको सहयोग प्रदान गर्दै आएकोमा यस बर्ष पनि गरिब तथा विपन्न परिवारलाई घर टहरा बनाई हस्तान्तरण गरिएको बताउदै आगामी दिनहरुमा समेत यस किसिमका सहयोग गर्दै जानुका साथै शिक्षा क्षेत्रमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।चिसापानी सामुदायिक वन साविकको माकर २, ३, ४ र ८, साविक पञ्चनगरको ९, जहदा १, २, ८ र ९ सरावल ७ , बडहरा दुबौलिया २, ५, ६, ७, ८ र ९, रामपुर खडौनाको १, २, ३, ४, ५, ८ र ९ र रम्पुरवा १ र २ का गरि करिब ३३ सय ५० घरधुरीका १८ हजार ५ सय ५० उपभोक्ताहरु रहेको वनले करिब ५ सय हेक्टर क्षेत्रफल सरक्षण गर्दै आएको छ ।