विरोध गर्दैमा प्रहरीले जनतालाई किन गोली हान्छ ?

प्रकाशित मिति:

काठमाडौं : जनताकाे आवजा दबाउन राज्यले गाेली हान्न थालेकाे सांसद देवेन्द्रराज कँडेलले आराेप लगाउनु भएकाे छ । आइतबार प्रतिनिधिसभाकाे विशेष समयमा बाेल्दै सांसद कँडेलले प्रहरीले इन्काउन्टरकाे नाममा निहत्था जनताकाे ज्यान लिन थालेकाे बताउनु भयाे। उँहाले भक्तपुरमा दुइ युवा माथि गरिएकाे गाेली प्रहार र सर्लाहीमा भएकाे इन्काउटरकाे घटनाले जनमानसमा त्रास फैलाएकाे जिकिर गर्नु भयाे । यसैगरी भक्तपुरकाे काडाघारी र सर्लाहीमा भएकाे इन्काउन्टरकाे जाँचबुँझ गर्न आयाेग बनाउनु पर्ने र साे आयाेगमा मेडिकल टाेली समेत राख्न माग गर्नु भयाे ।

सर्लाहीकाे घटनामा प्रहरीले पाैडेललाइ पक्रेर गाेली हानेकाे आराेप लगाउदै, ‘ठाउँ ठाउँमा भाँचएिको मान्छेको हातमा कसरी हतियार हुन सक्छ ? गोली लाग्दा मान्छे त्यहीँ मर्दैन अलिक परसम्म जान्छ, छट्पटिन्छ ‘कुमार पौडेलमाथि फेक इन्काउन्टर गरिएको हो। दावी गर्नु भयाे । यसैगरी पहाड देखी तराइसम्म बालुवाकाे उत्खननले डरलाग्दाे अवस्थ्ा निम्त्याउन सक्ने बताउदै , बालुवा निकालेकाे ठाउँमा १२ वर्षिय बालककाे मृत्यु भएकाे भन्दै, बालुवा उत्खननको विरोध गर्दा सर्लाहीमा सरोजसिंह यादवलाई गोली हानेर प्रहरीले ज्यान लिएकाे बताउर्दै , जनताले विरोध गर्दैमा गोली नै हान्नुपर्ने। इन्काउन्टरको नाममा फेक इन्काउन्टरको छानबिन हुनुपर्छ।’ माग गर्नु भयाे । के फेक इन्कारउन्टर सरकारकाे नीति नै भएकाे हाे भने फेक गर्न प्रहरी र गृहप्रशासनलाई तालिम दिनु पर्ने बताउनु भयाे ।