छुटे तर फेरी पक्राउ परे ‘प्रकाण्ड’

प्रकाशित मिति:

काठमाण्डौ /सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई रिहा गर्न आदेश दिए लगत्तै उनी पुनः पक्राउ परेका छन्।

नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय चोलेन्द्र समशेर जवारा र तेजबहादुर केसीको इजलासले शुक्रबार प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो। रिहा भए लगत्तै उनलाई प्रहरीले पुन पक्राउ गरेको हो। उनलाई केही समय अघि काभ्रेमा एनसेलको टावरमा आगजनी गरेको आरोप लगाइएको छ।

यसअघि जबरजस्ती चन्दा असुलीको अभियोगमा उनी पक्राउ परेका थिए। प्रकाण्डलाई प्रहरीले हिरासतमा राखेको भन्दै उनका छोरा नरेन्द्र बहादुर सिंह विश्वकर्माले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए।

प्रहरीले जबरजस्ती चन्दा उठाएको भन्दै साउन २२ गते प्रकाण्डसहित तीन जना कम्युनिष्ट पार्टी माओवादीका नेतालाई पक्राउ गरेको थियो।