श्रीमतीले बञ्चरो प्रहार गर्दा श्रीमानको मृत्यु

प्रकाशित मिति:

सर्लाही । सर्लाहीमा श्रीमतीले प्रहार गरेको बञ्चरो लागेर श्रीमानको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१२ कालिन्जोर घर भएका ५४ वर्षीय श्रीमान अम्बरबहादुर परियारको उनैकै श्रीमती ५७ वर्षीया सोनामाया नेपालीले प्रहार गरेको बञ्चरो लागेरे मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रहरीले श्रीमानको हत्यामा संलग्न भएको आशंकामा मृतकको पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । मृतकको परियारको टाउको र ढाडमा गहिरो चोट लागेको प्रहरीको भनाई छ । शनिबार राती कै घटना भएपनि अति विकट चुरे क्षेत्रमा भएकाले प्रहरीले आईतबार दिउसो मात्र पाएको हो । दवै जनाले अत्याधिक मदिरा सेवन गरेको कारण झगडा भएको स्थानीयले बताएका छन। मृतकको शव घटनास्थलबाट पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा पठाईएको छ ।