पानी पार्न मोरङमा भ्यागुताको विवाह

२२ असार २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
249 Shares


सरोज यादव, विराटनगर । मध्य असार बितिसक्दासमेत वर्षा नभएपछि वर्षा यतिबेला किसानहरु चिन्तित छन् । पानी नपरेपछि फुर्सदिला बनेका मोरङका किसानले वर्षा होस् भन्ने कामनासहित भ्यागुताको विहे गरेका छन् । मोरङ रंगेलीका किसानहरुले चिसाङ खोलाको किनारमा रहेको संसारी माईस्थान मन्दिरमा विधिवत रुपमा भाले भ्यागुता र पोथी भ्यागुताको विवाह गरेका हुन् । वैवाहिक कार्यक्रम नै बनाएर भ्यागुताको विहे गरेको स्थानीय किसानले बताएका छन् । भ्यागुताको विहे गरेपछि पानी पर्छ भन्ने विश्वासका आधारमा भाले र पाथी भ्यागुताको विधिवत रुपमा विहे गरिएको स्थानीय किसान रमेश यादवले बताउनुभयो ।

मन्दिरका पुजारीले वैद्धिक मन्त्र पढेपछि भाले भ्यागुताको तर्फबाट पोथी भ्यागुतालाई चुरा पोते तथा श्रृगारका सामान लगाएर वेहुलिझै सिगारिएको थियो । भ्यागुताको विवाह गर्दा वर्षा हुने जनविश्वास रहिआएकाले किसानहरु सामूहिक रुपमा भेला भई विवाह सम्पन्न गरेका हुन । रंगेली नगरपालिकाका ७ का रामचन्द्र मण्डल र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजिव श्रेष्ठलेले वेहुला र वेहुली पक्षको भुमिका निर्वाह गर्नु भएको थियो । मण्डलले कृषिप्रधान मुलुुकमा पानी नपरेका कारण किसान निराश भएकाले केही उपाय नलागेकाले वर्षा गराउन सकिन्छ भनेर भ्यागुुतोको विवाह गरेको बताउनुुभयो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले वर्षा गराउन विगतमा पनि इनारको विवाह, भ्यागुुताको विवाह गर्ने चलन रहेकाले पनि आफुुहरुले यस्तो वैवाहिक कार्यक्रम राखेको प्रष्ट पार्नुुभयो । कार्यक्रममा रंगेली, सुनवर्सी नगरपालिका तथा धनपालथान गाउँपालिकाका किसानको सहभागिता थियो ।

समयमा वर्षा नभएका कारण मोरङमा हालसम्म करिब २० प्रतिशतमात्र धान रोपाई भएको छ । अघिल्लो वर्ष मोरङमा यो अवधिमा ४० प्रतिशतभन्दा वढि रोपाई भएको थियो । यता १ नं प्रदेशका प्रदेशसभा सदस्य एव लेखा समिति संयोजक शिवनारायण सिंह गनगाईले नहर र कुलो नपुगेका कृषकको समस्यालाई मध्यनगर गरेर कृषकहरुलाई सिचाईको सुविधा पुर्याउन आफूले पहल गरिरहेको बताउनुभयो । निरन्तर वर्षा हुने असार महिनामा वर्षा नभएपछि वर्षा हुने आशमा भ्यागुताको विवाह गरेको रगेलीका किसान ईश्वर पोखरेलले बताउनुभयो । असार तेस्रो साता बितिसक्दा पनि पानी नपरेपछि बाध्य भएर जनविश्वासमा आधारित भ्यागुताको विहे गर्नु परेको किसानहरुको भनाइ छ ।नेपालसमाचारपत्र 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बुटवलमा फागनु २१ देखि प्रथम प्रादेशिक घरेलु महोत्सव
  • मिडिया र मिडियाकर्मीमा रुपान्तरण जरुरी
  • कसरी आनन्दसँग यौन सम्पर्क गर्ने ?
  • प्रधानमन्त्रीलाई गगनको प्रश्न– आँखा नचिम्ल्याई प्रश्नको जवाफ दिने हिम्मत किन…
  • माथागढिमा कांग्रेसको अन्तर्कृया , ‘गाउँ जाउ गाउँमै रमाऔँ ,एक ब्यक्ती…
  • जुनियर युवा रेडक्रसको ४०औं राष्ट्रिय गोष्ठी सम्पन
  • कांग्रेसद्वारा फागुन १५ गते चितवन बन्द (बिज्ञप्ती)
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ लाई जिपी कोइराला फाउन्डेसन…
  • विप्लवनिकट विद्यार्थी संगठनद्वारा फागुन १४ गते शैक्षिक हड्ताल
  • अब विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने