वामपन्थी नेता अधिकारीको निधन

प्रकाशित मिति:

काठमाडौँ –नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी ९माओवादी०का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन भएको छ । उनको आइृतबार साँझ ८ः०२ मिनेट जाँदा निधन भएको हो ।अधिकारी नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि काठमाडौँमा उपचाररत् थिए । पारिवारिक श्रोतका अनुसार उनको अनुसार सोमबार अन्तिम श्रद्धाञ्जलीसँगै अन्त्येष्टि गरिनेछ ।

उनको फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघातसमेत भएको थियो । नेता अधिकारीलाई शनिबार साँझ पार्टीका महासचिव मोहन वैद्य किरणले अस्पताल पुगेर भेट गरेका थिए । त्यस्तै आइतबार मात्रै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, सिपी गजुरेल, पूर्णकुमारी श्रेष्ठलगायतका नेताहरुले भेट गरेका थिए ।विसंं २०१२ साउन गते हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मिएका अधिकारी विसंं २०३२ देखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए ।