नयाँ काम थाल्नुपूर्व यी कुरामा ध्यान दिनुहोस् सफलता मिल्नेछ

प्रकाशित मिति:

एजेन्सी –कुनै पनि नयाँ काम शुरु गर्नुअघि मानिसहरु प्रायः दुविधामा हुन्छन् । यस कामले सफलता देला कि नदेला भन्ने मनमा चिन्ता हुन्छ । चाणक्य नीतिलाई अनुसरण गर्दा चाहिँ कुनै दुविधा रहँदैन । यस्तो भनिएको छ चाणक्य नीतिमा

– तीन सोच–कुनै पनि काम शुरु गर्नुअघि मनमा यी कुरा खेलाउनुपर्छ– काम शुरु गर्ने समय र स्थान, तपाईंको सम्पत्ति र समर्थन गर्ने मानिसहरू ।

– क्षमताको लेखाजोखा– काम गर्ने आफ्नो क्षमता छ कि छैन, त्यसको लेखाजोखा गर्नुहोला । गर्नुभएन भने तपाईं अवश्य खतरामा पर्नुहुन्छ ।

– जिभ्रोमा नियन्त्रण– सफलता र असफलता जिभ्रो नियन्त्रणमा छ कि छैन भन्ने कुराले निर्धारण गर्छ । जति मीठो बोल्नुहुन्छ, तपाईंलाई त्यति धेरै फाइदा हुन्छ ।

– दुश्मनलाई साथी बनाउने– मानिससँग राम्रो व्यवहार गर्नुभयो भने दुश्मन पनि साथी बन्छन् । यसो गर्नुभयो भने तपाईंलाई सफल हुनबाट कसैले रोक्न सकदैन ।

– शरीरको हेरचा– भगवानले दिएको उपहार हो शरीर । त्यसैले कुनै नयाँ काम शुरु गर्नुअघि आफू स्वस्थ छु कि छैन । सचेत हुनोस् ।

– ज्योतिषीसँग परामर्श–काम शुरु गर्नुअघि विद्वान् ज्योतिषीसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

-पत्नीसँग सल्लाह–विवाह गरेका पुरुषले नयाँ काम शुरु गर्दा श्रीमतीसँग सल्लाह लिनु उपयुक्त हुन्छ । आखिर उनी जीवनसंगिनी हुन् । उनले उचित सल्लाह नै दिन्छिन् ।

– रहस्य लुकाउनुस्–काम शुरु गर्नुअघि आफ्ना विचार कसैसँग पनि नबाँड्नुहोला । यसरी प्लान अरूलाई सुनाउँदा तपाईं कहिल्यै सफल हुनुहुन्न ।

-अशिष्ट पनि बन्नुपर्छ–जिन्दगीमा सफल हुनका लागि तपाईंले कडा निर्णय पनि लिनुपर्ने हुन्छ । यसका लागि अशिष्ट व्यवहार गर्नुप–यो भने पनि पछि नपर्नुस्।