‘यो माया कस्तो माया’ को ‘हुन्न है’ गीत रिलिज

२३ असार २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
22 Shares


काठमाडौँ –निर्माण सम्पन्न भएको लामो समयदेखि प्रदर्शनमा आउन नसकेको रोमान्टिक लभस्टोरी फिल्म ‘यो माया कस्तो माया’ को दोस्रो गीत इन्टरनेट रिलिज भएको छ । असोजमा प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्मको ‘हुन्न है’ बोलको गीत निर्माण टिमले शनिबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गर्‍यो । गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत छ ।

अम्बिका शर्माको शब्द रहेको गीतमा सुवानी मोक्तान र उदिपधोज थापाको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा फिल्मका लिड अभिनेता दिवस धिताल र अभिनेत्री रितु पौडेल फिचर्ड छन् । यो फिल्म यी दुबैको डेब्यू हो । दुई फिल्मलाई लिएर निकै उत्साहित रहेको बताउँछन् । फिल्मले दर्शकलाई प्रेमको आभाष गराउने अभिनेता धितालको दाबी छ । यो फिल्मको ९० प्रतिशत काम निर्देशक भुषण आनन्द ठकुरीले गरेका हुन् । तर, उनी आफू अस्वस्थ रहेको भन्दै एक्कासी क्यानडा उडेपछि फिल्मको बाँकी १० प्रतिशत निर्देशन निर्माता किशन पोखरेलले गरेका थिए । निर्देशकमा किशनले आफ्नो नाम लेखेका छन् । उनले भुषणमाथि फिल्मको छायांकन पूरा नगरि अस्वस्थ भएको बहाना बनाएर क्यानडा गएको आरोप लगाए ।

निर्माता तथा निर्देशक किशनले दुई निर्देशकले निर्देशन गरेपनि फिल्म उत्कृष्ट बनेको दाबी गरे । दुई निर्देशकले निर्देशन गरेको फिल्म भद्रगोल भयो होला भनेर अहिले नै मुल्यांकन नगरिदिनुहोला । फिल्मलाई राम्रो बनाउन कुनै कसर छाडेका छैनौं । म यो दाबी गर्न सक्छु कि फिल्मले दर्शकलाई निराश बनाउँदैनु, किशन विश्वस्त सुनिए । यस फिल्मको सम्पादन अर्जुन जिसिले गरेका छन् । फिल्मका कार्यकारी निर्माता कर्ण थापा किरण र बाबु गौतम रहेका छन् भने निर्माताहरुमा इन्द्र रजक , समृद्धि श्रेष्ठ , बिशाल गुरुङ, कमल चन्द्र पोखरेल र गोविन्द बर्देवा रहेका छन् । युवराज केशरी, सुन्दर श्रेष्ठ, लय सङ्ग्रौला, सुमित डङ्गोल, तारा केशी, तुलसा शर्मा, शङ्कर महर्जनलगायतको पनि फिल्ममा अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…