महिला विश्वकपको उपाधि अमेरिकालाई

२३ असार २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
129 Shares


एजेन्सी –संयुक्त राज्य अमेरिकाले महिला विश्वकप उपाधि जितेको छ । आइतबार भएको फाइनलमा खेलमा नेदरल्यान्ड्सलाई २-० ले पराजित गर्दै अमेरिकाले उपाधि उचालेको हो अमेरिकालाई उपाधि दिलाउनका लागि मेगन रापिनो र रोस लाभेल समान एकरएक गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।सुरुबाटै लगातार आक्रामक खेलेको अमेरिकाले पहिलो हाफमा आधा दर्जनजति नेदरल्यान्ड्सको पोस्टमा प्रहर गर्यो । तर किपरले उसका सबै प्रयास असफल पर्यो ।

दोस्रो हाफको ६१ औं मिनेटमा मेगन रापिनोले पेनाल्टीमार्फत गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएकी थिइन् । बक्स क्षेत्रमा डच डिफेन्डरले अमेरिकन खेलाडीलाई किक हानेर लडाएपछि रेफ्रीले भिएआरको प्रयोग गरेर अमेरिकालाई पेनाल्टी मौका दिएकी थिइन् ।६९ औं मिनेटमा रोस लाभेल अमेरिकाको अग्रता दोब्बर पारिन् । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल अमेरिकाले २–० ले जित्यो ।अमेरिकाको यो चौथो उपाधि हो । यसअघि अमेरिकाले सन् १९९१, १९९९ र २०१५ मा उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको नेदरल्यान्ड्स भने उपविजेता मै सिमित भयो

फेसबुकबाट तपाईको प्रतिक्रिया