पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष जन्मोत्सव नमनाउने

प्रकाशित मिति:

काठमाडौँ –पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष जन्मोत्सव नमनाउने भएका छन् । आफन्तहरुको निधन भएको कारण देखाउँदै उहाँले यस वर्ष जन्मोत्सव नमनाउने भएको निर्मल निवास स्रोतले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

हरेक वर्ष तामझामका साथ जन्मोत्सव मनाउने गर्नुभएका पूर्वराजा ज्ञानेन्द्रले आफन्त प्रभाकर शमशेर राणा, प्रबल शमशेर राणालगायतको निधन भएपछि जन्मोत्सव स्थगित भएको निर्मल निवास स्रोतले जानकारी दिएको छ ।