३ दिन लगातार वर्षाको सम्भावना, प्रकोपबाट सचेत रहन आग्रह

प्रकाशित मिति:

काठमाडौँ –यो वर्षको मनसुन विगतभन्दा केही ढिला भित्रिएको थियो । त्यस्तै यो वर्ष मनसुन सक्रिय पनि अलि ढिला भएको छ । अब भने देशभर मनसुन सक्रिय भएको छ, जसकारण अब लगातार केही दिनसम्म वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिन देशका अधिकांस ठाँउमा भारी एवं मध्य किसिमको वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै अगामी ३ दिन देशका पानी नपरेको ठाँउको मौसम बदली रहने छ ।त्यस्तै भारतमा रहेको न्यून चापीय रेखा नेपाल तर्फ आउँदै गरेका कारण पनि वर्षाको सम्भावना रहेको हो ।लगातार दिनभर पानी नपरे पनि मोसममा गडबडि रहने छ । २(३ घण्टा पानी पर्ने, बदली हुने किसिमको मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण यो समयमा बाढी(पहिरो,चट्याङ जस्ता प्राकृतिक प्रकोपको सम्भावना हुन्छ । यस्ता प्रकोपबाट सचेत भएर रहन मौसमविद्ले आग्रह गरेका छन् ।

थप समाचार