प्रधानसेनापति थापा अमेरिका प्रस्थान

प्रकाशित मिति:

काठमाडौँ –प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघले आयोजना गर्नलागेको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन थापा ४ सदस्यीय टोलीको नेतृत्व गर्दै सोमबार बिहान थापा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, प्रधानसेनापति थापा भ्रमणको दौरानमा ब्रिटिस आर्मड पोलिस फोर्सेस्ले जुलाई १० मा आयोजना गर्ने फस्र्ट वमन, पिस एण्ड सेक्युरिटी नेटवर्क मिटिङ र त्यसको भोलिपल्ट हुने चिफ् अफ डिफेन्स कन्फ्रेन्समा सहभागी हुनेछन् ।यूएस आर्मड फोर्सेसका पदाधिकारीलगायतसँग पनि थापाले भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।थापा साउन १ गते स्वदेश फर्कने छन् । त्यस अवधिसम्मका लागि थापाले बलाधिकृत रथी शरदकुमार गिरीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकेका छन् ।