जब नेपाली क्रिकेट टोलीको जर्सीमा अमेरिकी राजदूत बेरीले ब्याटिङ गरेपछी …

प्रकाशित मिति:

काठमाडौं – बजारमा विश्वकप क्रिकेटको माहोल तातिरहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीलाई पनि विश्वकपले छोएको छ । क्रिकेटप्रेमी राजदूत बेरीले सोमबार दूतावासमा नेपाली क्रिकेट टोलीका खेलाडी तथा प्रशिक्षकलाई बोलाएर विश्वकप क्रिकेटको रहर पूरा गरे । उनले नेपाली क्रिकेट टोलीका खेलाडीहरुलाई सान्त्वना दिँदै नेपाली जर्सी लगाउँदै क्रिकेटमय माहोल बनाए । त्यहाँ उपस्थित खोलाडीहरुले पनि उनलाई साथ दिँदै विश्वकप क्रिकेटको सेलिब्रेसन गरे ।

राजदूत बेरीले राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा ब्याटिङसँगै बलिङ समेत गरेका थिए । उनलाई साथ दिइरहेका थिए कप्तान पारस खड्का र अन्य खेलाडीहरु। राजदूत बेरीको निमन्त्रणामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र राष्ट्रिय टोलीका प्रशिक्षक उमेश पटवालसहित राष्ट्रिय महिला टोलीका करुण भण्डारी र सीता मगर दूतावास पुगेका थिए ।

भेटमा कप्तान खड्का र राजदूत बेरीले नेपाली क्रिकेटका विषयमा छलफल समेत भएको थियो । कप्तान खड्काले नेपालले डिभिजन ५ बाट एकदिवसीय मान्यता पाउँदासम्मको संघर्षका विषयमा बेरीलाई जानकारी गराएका थिए । त्यस्तै आगामी हिउँदमा अमेरिकी क्रिकेट टोली नेपालमा एक दिवसीय क्रिकेट खेल्न आउने विषयमा समेत छलफल भएको थियो ।