सल्यानमा ट्रक दुर्घटना हुँदा १० जना घाइते

प्रकाशित मिति:

सल्यान-सल्यानमा ट्रक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ट्रक कपुरकोट गाउँपालिका–३ आगरखोला नजिकै बासखोलामा दुर्घटना भएको हो । ट्रक सडकदेखि ३५ मिटर तल खसेको बताइएको छ ।ट्रक दुर्घटनामा परेका एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

रुकुमबाट तुलसिपुर जाँदै गरेको ना४ख ९७११ नम्बरको ट्रक सोमबार दुर्घटना भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ट्रक दुर्घटनामा गम्भीर घाइते भएका सिद्धकुमाख गाउँपालिकाका दुर्गा बस्नेत रहेका छन् । उनलाई उपचारका लागि नेपालगन्ज पुर्याइएको छ । घाइते अन्यलाई कपुरकोट स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारको लागि तुलसिपुर अस्पताल लगिएको प्रहरीले बताएको छ ।जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा परेर घाइते भएकाहरु तुलसिपुर उपमहानगरपालिकाका चालक ताराप्रसाद खडका, बाग्चौर नगरपालिका ३ की गीता रेग्मी, कपुरकोटकी छवी बिक, उनको ११ वर्षिय छोरा प्रविण बिक, छत्रेस्वरी गाउँपालिकाको लान्तीका ओपेन्द्र रावत र सहचालक यज्ञबहादुर खड्का मानबहादुर पुन, सिद्धकुमाख गाउँपालिका–२ का दलबहादुर बोहरा हुन् ।