वित्तीय संस्थाहरूलाई आर्थिक विकास र सुशासनमा बढाउन राष्ट्रपतिको आग्रह

प्रकाशित मिति:

काठमाडौँ –राष्ट्रपति विद्या भण्डारीले बैंक तथा वित्तीय संस्थाहरूलाई आर्थिक विकास र सुशासनमा बढाउन आग्रह गर्नुभएको छ । नेपाल राष्ट्र बैंकले जनताद्वारा संकलित निक्षेपलाई उत्पादनशील क्षेत्रमा लगानी गरेर मुलुकको आर्थिक विकासमा यागदान पुर्याउनेमा विश्वास समेत व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनको सोमबार एक कार्यक्रममा बोल्दै उहाँले वित्तिय संघ, संस्थाहरुलाई मुलुकको आर्थिक वृद्धि गर्न र वित्तिय अनुशासनलाई कायम गर्न नेपाल राष्ट्र बैंकले आवश्यक अनुगमन र नियमनलाई प्रभावकारी ढङ्गले कार्यन्वयन गर्न अनुरोध समेत गर्नुभयो ।