बर्दियामा वडा कार्यालयमा विप्लव समूहले आगो लगायो, प्रहरी निरीक्षक घाइते

२४ असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
608 Shares


बर्दिया – प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बर्दियाको गेरुवा गाउँपालिका–६ को वडा कार्यालयमा आगो लगाएको छ । गएराति भएको आगजनीबाट वडा कार्यालयमा क्षति पुगेको छ भने महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् ।

घटनास्थलमा विप्लव समूहको भेरी कर्णाली ब्युरोको पर्चा भेटिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए । उनका अनुसार वडा कार्यालयमा लागेको आगो निभाउन पुगेका इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक यमबहादुर मल्ल घाइते भएका छन् । घटनामा संलग्नको खोजी कार्य भइरहेको एसपी थापाले बताए । पछिल्लो समय विप्लव समूहले स्थानीय तहलाई आक्रमणको निसाना बनाउन थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…