सदस्यसचिवमा सुर्य भण्डारीद्वारा सपथ तथा पदभार ग्रहण

प्रकाशित मिति:

सबलपोस्ट/हेटौंडा – नेपालकै पहिलो प्रदेश खेलकुद बिकास परिषदको सदस्यसचिवको रुपमा सुर्य भण्डारी नियुक्त भएका छन् । ३ नं प्रदेश सरकारले भण्डारीलाई प्रदेश खेलकुद बिकास परिषदको सदस्यसचिवमा नियुक्त गरेको हो । आजै राजधानी हेटौडामा एक कार्यक्रमको आयोजना गरी प्रदेश ३ का सामाजिक बिकास मन्त्री युवराज दुलालले सदस्यसचिव भण्डारीलाई पद तथा गोपनियताको सपथ गराएका छन् । प्रदेश नं ३ को यही असार ९ गते बसेको मन्त्री परिषदको बैठकले प्रदेश खेलकुद बिकास परिषदको सदस्यसचिवमा काठमाण्डौ ३१ स्थायी निवासी सुर्यलाल भण्डारी सहित ६ जना सदस्यहरु नियुक्त गरेको थियो । मन्त्री स्वयम् अध्यक्ष हुने ब्यवस्था रहेका परिषदमा बाँकी सदस्यहरु सामाजिक विकास मन्त्रीले नियुक्त गर्नेछन भने परीषदको पदेन सदस्यमा प्रदेश प्रहरी प्रमुख, सामाजिक बिकास मन्त्रालयका सचिव, प्रदेश प्रदेश योजना आयोगका सचिव रहनेछन् ।

सदस्यसचिव भण्डारी खेलकुद क्षेत्रमा राम्रो ब्यबस्थापकिय क्षमता भएको ब्यक्तिको रुपमा परिचित छन् । उनले राष्ट्रिय खेलकुद परिषद अन्तरगतको राष्ट्रिय बिद्यालय तेक्वान्दो महासंघको कोषध्यक्ष हुदै महासचिव, नेपाल क्वानमुकान कराते दो संघको उपाध्यक्ष, नेपाल एजुकेसन एण्ड स्पोर्टस फाउण्डेसनको प्रमुख ब्यवस्थापक र नेपाल बिद्यालय खेलकुद महासंघको महासचिवको रुपमा लामो समय काम गरेका छन् ।  हरेक जिम्मेवारीमा उत्कृट नतिजा दिन सक्ने भण्डारी शिक्षा र पत्रकारिता क्षेत्रमा पनि दख्खल भएका ब्यक्ति हुन । उनले २०६८ सालमा नेपाल सरकारद्धारा प्रदान गरिने राष्ट्रिय शिक्षा पत्रकारीता पुरस्कार समेत प्राप्त गरेका थिए । ब्यवस्थापन र शिक्षा संकाय दुबैमा स्नातकोत्तर गरेका भण्डारीले शिक्षा संकायमा ऐक्षिक बिषयमा स्वास्थ्य तथा शारिरिक बिषय अध्ययन गरेका हुन ।

सदस्यसचिव भण्डारी लामो समयदेखी एकिकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रिय सचिवालय सम्मको र नेकपाको सहायक संगठन वाईसिएल नेपालको केन्द्रिय खेलकुद बिभागको सचिव सम्मको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । उनको काम गर्न सक्ने क्षमताकै कारण करिव २ दर्जन प्रत्यासीहरु मध्येबाट नेकपाका नेताहरु र सामाजिक विकास मन्त्री युवराज दुलालको प्रस्तावमा प्रदेश सरकारले भण्डारीलाई नियुक्त गरेको उनका प्रतिस्प्रर्धीहरुले नै बताउने गरेका छन् । मन्त्री दुलाल पनि परिणममुखी काम गर्ने स्वभावको भएका कारण उनको रोजाईमा युवा सदस्यसचिव परेको खेलकर्मीहरुको अनुमान रहेको छ ।