एकै पटक ९३० विद्यालयमा अत्याधुनिक कम्युटर प्रयोगशाला

२४ असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
197 Shares


काठमाडौं  – दूरसञ्चार प्राधिकरणले ९ सयभन्दा बढी सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (ल्याब) स्थापना गर्ने भएको छ । यसका लागि गरिएको टेन्डरमा ३ वटा कम्पनीले इच्छा देखाएका छन् । आइटी ल्याब स्थापनाका लागि आँखु इन्टरप्राइजेज प्रालि, बालाजु, वर्ल्ड डिष्ट्रिब्यूसन नेपाल काठमाडौं र ओब्सी, म्याक्स, नेपाको जेभीले इच्छा देखाएका हुन् । तीनै कम्पनीको आर्थिक प्रस्ताव पनि प्राधिरकणले खोलिसकेको छ । यीमध्ये छनोट हुने कम्पनीले छानिएका विद्यालयमा सम्झौता भएको ६ महिनाभित्रै प्रयोगशाला स्थापना गरिसक्नुपर्ने प्राधिरकणका प्रवक्ता मिनप्रसाद आर्यालले जानकारी दिए । झण्डै ४ अर्ब खर्च हुने अनुमान गरिएको यो योजनाले ग्रामीण स्तरका विद्यालयको शिक्षाको गुणस्तर सुधार्न सघाउ पुग्ने आशा प्राधिरकणको छ । विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने र सूचना प्रविधिको माध्यमबाट विद्यार्थीको सिकाइ क्षमता बढाउने उद्देश्यले यस्तो योजना बनेको हो ।

प्राधिकरणले यस्तो ल्याब निःशुल्क बनाएर विद्यालयलाई प्रदान गर्न लागेको हो । सामुदायिक विद्यालयका विद्यार्थीलाई सूचना प्रविधिमा अभ्यस्त गराउने उद्देश्यसहित प्रयोगशाला बनाउन लागिएको प्राधिकरणले जनाएको छ । यसका लागि ग्रामीण दूरसञ्चार कोषको रकम खर्च गरिँदैछ । प्राधिकरणले स्थापना गर्ने एउटा प्रयोगशालामा २४ वटासम्म कम्प्यूटर हुनेछन् । जसमा २ सेट हार्ड डिस्क(एक्सर्टनल) पनि दिइनेछ । विद्यालयको प्रयोगशालामा इन्टरनेट पनि जोडिनेछ । त्यसका लागि राउटर निःशूल्क जडान हुनेछ ।

बत्ति नभएको विद्यालयमा सोलार सिस्टमसमेत जडान गर्ने गरी यो टेन्डर अवार्ड हुनेछ । प्रयोगशाामा अत्याधुनिक प्रोजेक्टर, प्रिन्टर, सर्भिलेन्स सिस्टम, स्वीचहरु पनि हुनेछन् । प्राधिकरणले प्रयोगशाला सञ्चालनका लागि विद्यालयलाई सक्षम बनाउने योजना पनि ल्याएको छ । त्यसका लागि विद्यालयका शिक्षकलाई तालिम दिनेसम्मका कार्यक्रम छन् । विद्यालयमा अध्ययरत बाबिालिकालाई सूचना प्रविधिबारे ज्ञान दिलाउन र त्यसका माध्यमबाट भविष्यमा दक्ष युवाशक्ति उत्पादन गर्न यो कार्यक्रमले सघाउ पु¥याउने प्राधिकरणको विश्वास छ । प्रयोगशाला स्थापनापछि सञ्चालनको जिम्मा भने विद्यालयले नै लिनुपर्नेछ । प्रयोगशाला स्थापनाका लागि प्राधिकरणले प्रस्ताव नै आह्वान गरेर विद्यालयहरु छानेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…