सेवा निवृत्त कर्मचारी बारे काँग्रेसले देखायो यस्तो चासो

प्रकाशित मिति:

काठमाडौं – सरकारले सेवा निवृत्त कर्मचारीको चाडबाढ खर्च घटाउने तयारी गरिरहेको चर्चा संगै प्रतिपक्ष दल नेपाली काग्रेसले यसबारेमा चासो देखाएको छ । लामो समयसम्म राष्ट्रसेवकको रुपमा राष्ट्रलाई सेवा पुर्याएका सेवा निवृत्त कर्मचारीहरुलाई राज्यले सेवा निवृत्ति पश्चात् पेन्सन दिने सन्दर्भमा दशै लगायत चाडवाड खर्चका लागि एक महिनाको तलब बराबरको रकम दिदै आएको छ ।

हाल सो रकम कटौती गर्ने सरकारको तयारी प्रति नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण भएको प्रमुख सचेतक बालकृष्ण खाणले बताउनु भएको छ । काग्रेस प्रमुख सचेतक खाणले पेन्सन लिने राष्ट्रसेवक कर्मचारीलाई दिदै आएको सुविधा कटौती गर्न नेपाली कांग्रेस सहमत नभएको भन्दै उक्त खर्च कटौती नगर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ ।