ॐ बाटोमा हिँड्दा भेटिने यी सात चिजबाट सँधै जोगिएर हिँड्नुहोस्, नत्र अलपत्र हुनेछ

२४ असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
9K Shares

Diwali thali in front of idols of Lord Ganesha and Goddess Lakshmi

एजेन्सी – हामी घरबाट बाहिर कतै जाँदै छौँ भने बाटोमा थुप्रै कुरा भेटिन्छन् । यसरी भेटिने वस्तुहरुमध्ये केही शुभ हुन्छन् भने केही अशुभ पनि हुन्छन् । धर्मशास्त्रअनुसार हामीले यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्नु पर्छ । यदी बाटोमा हिँड्दा भूल बश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्नु पर्छ । यसको ख्याल नगरी त्यस्ता चिजहरु छुनाले धेरै प्रकारका दोषहरुले हाम्रो जीवनमा नकारात्मक प्रभाव पार्न सक्छन् । यस्ता अपवित्र सात चिज छन्, जोबाट सँधै जोगिएर हिँड्नु पर्छ ।

१. तान्त्रिक विधिबाट मन्साइएका वस्तुहरु नराम्रो नजर उतार्नको लागि या नराम्रो शक्तिबाट छुटाउन तन्त्रमन्त्र गरिन्छ । यसमा धेरै चिजका उपयोग पनि गरिन्छ र अन्तिममा यी चिजहरुलाई सडकमा वा चौबाटोमा मन्साइन्छ । जस्तै खुर्सानी, कागती, अन्डा, फर्सी, सिंदूर आदि । यदी बाटोमा हिँड्दा यस्ता कुराहरु देखेमा यसबाट बचेर हिड्नुपर्छ ।

२. हड्डी हिँड्दै गर्दा सडकमा यदि कुनै जनावरको हड्डी या मासुको टुक्रा देखेमा त्यसबाट टाढै रहनुहोस् । यसलाई छोएमा धेरै प्रकारका दोषले हाम्रो जीवनमा प्रभावित गर्न सक्छन् । अन्डाको बोक्रा वा कुनै पंक्षीको पंखेटा सडकमा देखेमा यसबाट बँच्नपर्छ ।

३. कपाल बाटोमा हिँड्दा तपाईंले कपालको पोको देखेमा त्यसबाट टाढा रहनुहोस् । र बँचेर हिँड्नुहोस् । शास्त्रअनुसार शीरबाट झरेको कपाल पनि अपवित्र मानिन्छ ।

४. नुहाएको पानी शहरी क्षेत्रमा मानिसहरु बाथरुममा नुहाँउछन तर गाँउमा मानिसहरू घरको बाहिर वा धारा, कुवा, ट्युवेल नजिकै नुहाँउछन् । यसको पानी सडकमा बगिरहेको हुन्छ । यदि बाटोमा हिँड्दा यस्तो पानी सडकमा बगिरहेको छ भने त्यसलाई छलेर हिँड्नुपर्छ ।

५.खरानी सडकमा हिँड्दा कहिलेकाहिँ खरानी भेटिन सक्छ तर त्यसबाट बँचेर हिड्नु पर्छ । यो खरानी कुनै तन्त्रमन्त्र क्रियाको पनि हुन सक्छ । त्यसैले यसबाट परै भएको ठीक हुन्छ ।

६. मृत पशु सडकमा मृत पशु या त्यसको अंगहरु देखेमा पनि बँचेर हिँड्न पर्छ । मृत पशु छुनाले दोष लाग्न सक्छ । त्यसैले यदि भूलवस छोएमा नुहाई हाल्नुपर्छ ।

७. फोहोर कपडा बाटोमा फोहोर कपडा देखेमा यसबाट पनि परै बस्नुपर्छ । यस्ता कपडा छोएमा हामीलाई अपवित्र बनाउन सक्छ । त्यसैले यस्ता कपडालाई छुन हुँदैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…