इनरव्हीलले आउने वर्ष वर्ष ‘बालिका शिक्षा’ लाई जोड दिने

प्रकाशित मिति:

झबिन्द्र देबकोटा -बुटवल/इनरव्हील क्लव अफ बुटवलको १६ औं पदहस्तान्तरण तथा १७ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष सन् २०१८÷१९ का अध्यक्ष मुना जोशिले वर्ष सन् २०१९÷२० का अध्यक्ष प्रमिला श्रेष्ठलाई आफ्नो पदहस्तान्तरण गरेकी हुन् । पदस्थापन कार्यक्रमको उद्घाटन गर्दै डिष्ट्रिक चियरमेन समिरा ध्वजुले महिलाको नेतृत्व विकास गराउनका साथै उनीहरुलाई समाजमा घुलमिल गराउन तथा समाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा क्रियाशिल गराउन क्लवले सकारात्मक कार्य गरेको बताइन् ।

महिलालाई अगाडि बढाउन र उनीहरुको क्षमता विकास गर्नका लागि महिलालाई विभिन्न संघसंस्थामा आवद्ध गराउनुपर्ने कुरामा उनको जोड थियो । इनरव्हील क्लव अफ बुटवलका अध्यक्ष मुना जोशिको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक एक्जुकेटिभ मेम्वर आशा श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका उपमेयर गोमादेवी आचार्य, रोटरी क्लव अफ बुटवलका प्रेसिडेण्टल काउन्सिलर बिन्द्या केशर जोशि, इनरव्हील क्लव अफ बुटवलका संस्थापक अध्यक्ष बसुन्धरा कसजु, कार्यक्रम संयोजक सम्झना ज्ञवाली लगायतले नव निर्वाचित सन् २०१९÷२० को टिमलाई बधाई तथा शुभकामना दिएका थिए ।

क्लवका सचिव यमुना श्रेष्ठले संचालन गरेको कार्यक्रममा एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक विद्यालयका ४ जना विद्यार्थीहरुलाई नगद सहित पुरस्कार तथा सम्मान समेत गरिएको थियो । क्लवको यस अघि भएको निर्वाचनले प्रमिला श्रेष्ठको अध्यक्षतामा वर्ष सन् २०१९÷२० का लागि नयाँ नेतृत्व चयन गरेको छ । क्लवको प्रथम उपाध्यक्षमा शोभा जोशि, द्वितीय उपाध्यक्षमा मन्जु श्रेष्ठ, सचिवमा सानु श्रेष्ठ, कोषाध्यक्षमा बुलबुल श्रेष्ठ, जोइन्ट सक्रेटरीमा सम्झना ज्ञवाली तथा जोइन्ट ट्रेजरमा सोनाली गुरुङ्ग चुनिइ सकेका छन् । वर्ष सन् २०१९÷२० का लागि निर्वाचित भएको समितिले अघिल्लो कार्यसमितिले ल्याएका योजनासँगै महिलाका लागि सीपमुलक कार्यक्रम गर्ने, बालिका शिक्षालाई कार्यक्रमलाई जोड दिने, किशोरी तथा युवा लक्ष्यित नेतृत्व तथा ब्यक्तित्व विकास कार्यक्रम गर्ने लगायतका कार्यक्रमलाई योजनामा राखेको अध्यक्ष प्रमिला श्रेष्ठले जानकारी दिईन् ।((