विरुवागाँपामा तिनघण्टा प्रशासनिक काम ठप्प

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल – विरुवा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृतले मंगलवार ३ घण्टा प्रशासनिक काम रोकेका छन् । प्रमुख प्रशासकिय अधिकृत भेषराज आचार्यलाई गाँउपालिकाकै कर्मचारी राजन पोख्रेलले दवावमा फाईलको काम गर्न धम्काएपछि उनले प्रशासनिक काम रोकेका हुन् । पोख्रेल गाँउपालिका प्रमुख चुनप्रसाद शर्माका छोरा हुन् । शर्माका छोरा पोख्रेललाई कम्प्युटरमा काम गर्नेगरी एक बर्ष अगाडी देखि जागिरमा लगाईएको थियो । पटक पटक पोख्रेलले पक्रिया नपु¥याई विकासका फाईल ल्याएर दवाव दिदै काम गर्दै आएको बताइएको छ । मंगलवार पनि उस्तै प्रकृतिको फाईल माथी काम गर्न दवाव दिएपछि आचार्यले कार्यकक्षको कुर्चि छाडेर बाहिरीएका थिए ।
आर्थिक बर्ष सकिदै गर्दा कार्यालयमा उपभोक्ताको विकास बजेट फर्छौट गर्ने घुईचो लागेका बेला प्रमुख प्रशासकिय अधिकृतले काम रोकेपछि विषय बाहिर आएको थियो ।

आचार्य कार्यालय छाडेर बस्ने क्वाटरमा गएपछि उपभोक्ताको काममा समेत अवरुद्ध भएको थियो । प्रमुखप्रशासकिय अधिकृत आचार्यले अनाधिकृत फाईलमाथी काम गर्न दवाव दिएकाले काम रोक्न बाध्य भएको बताएका छन् । पछि गाँउपालिका अध्यक्ष शर्माले आचार्य सगँ छलफल गरी कार्यालयको काम अगाडी बढाएको बताइएको छ । कसरी काममा फर्कनु भयो भन्ने जिज्ञासामा आचार्यले भने,“कर्मचारी पोख्रेललाई जागिरबाट बरखास्त गर्ने सहमति भएपछि फर्केको हुँ ।” कस्तो फाईलमा तपाईलाई दवाव आएको हो भन्ने प्रश्नमा आचार्यले भने यस्ता कामहरु पटक पटक हुदै आएका थिए कुन काम भनेर भनु । त्यो विषय भने आचार्य बोल्न मानेन् । यता गाँउपालिका प्रमुख शर्माले म कार्यक्रममा बाहिर गएका बेला घट्ना घटेको बताए । प्रमुख प्रशासकिय अधिकृत सहित बसेको छलफलबाट काममा फर्कने सहजता मिलाएको शर्माले बताए । (छोरा) कर्मचारी घर गएकोले सबै घट्ना बुझ्न पाएको छैन अध्यक्ष शर्माले भने,“कर्मचारीबाट गल्ती भएको ठहरीएमा आवश्यकता अनुसार बरखास्त गरिनेछ ।” जनताको काम हुनुपर्छ भन्ने हो तर प्रक्रिया नपु¥याई दवाव दिन भने नहुने जिकिर अध्यक्षको छ । अध्यक्षकै छोराबाट प्रक्रिया नै नमिलाई फाईल अगाडी बढाउन दवाव दिनुले गाँउपालिकामा कत्तिको पार्दशिता अनुसारले काम भएको छ भन्ने विषयमा शंका उव्जिएको स्थानीयको भनाई छ ।