एक नम्बर प्रदेशमा २८ प्रतिशतमात्र धान रोपाई

प्रकाशित मिति:

बिराटनगर –सार तेश्रो साता सम्म एक नम्बर प्रदेशमा २८ प्रतिशत मात्र धान रोपाई भएको छ । एक नम्बर प्रदेशको १४ जिल्लामा सबैभन्दा बढी भोजपुरमा ५८ प्रतिशत र सबैभन्दा कम ओखलढुंगामा ५ प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

एक नम्बर प्रदेशमा ३ लाख ४० हजार ८ सय हेक्टर धान खेती गर्ने जग्गा रहेको छ । एक नम्बर प्रदेशको सबैभन्दा बढी धान खेती हुने झापामा ४० प्रतिशत, मोरङमा २५ प्रतिशत र सुनसरीमा २० प्रतिशत धान रोपाई भएको सो कार्यालयले जनाएको छ ।पहाडमा असार सम्म धान रोपाई गर्ने र तराईमा भदौ दोश्रो सातामासम्म रोपाई हुने गरेकोमा केही दिन यता वर्षा शुरु भएकाले धान रोपाईको क्षेत्रफल बढ्ने कृषि विकास निर्देशनालयका सूचना अधिकारी प्रकाश कुमार डाँगीले जानकारी दिनुभयो ।