नवीन औधोगिकमा महिला जेसिजद्धारा महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न ।।

प्रकाशित मिति:

बुटवल महिला जेसिजको सप्ताह व्यापी कार्यक्रम आज पनि जारी रह्यो । कार्यक्रम अन्र्तगत जेसिजले आज नवीन औधोगिक कदर बहादुर रिता माविमा कक्षा ८, ९ र १० मा अध्ययनरत छात्राहरुलाई स्वास्थ्य सम्बन्धि चेतना जगाउन जानकारीमुलक कार्यक्रम गरेको हो ।
कार्यक्रममा भनाई राख्दै प्रमुख अतिथी विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतले स्वयम् डाक्टरको उपस्थितीमा विद्यार्थीहरुलाई जानकारी प्रदान गर्ने कार्यक्रम राखेकामा जेसिजलाई धन्यवाद दिंदै साताव्यापी कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो । सो अवसरमा बोल्दै महिला जेसिजका पूर्व अध्यक्ष तथा सल्लाहकार कल्पना जोशीले महिला जेसिजको सक्रियतामा आयोजित कार्यक्रमले विद्यार्थीहरुलाई धेरै नै फाईदा हुने बताउंदै स्वास्थ्य सम्बन्धि सबैजना सचेत रहन आवश्यक रहेको बताउनुभयो ।
महिला जेसिजका अध्यक्ष राधिका पाख्रेलले विद्यालयमा कार्यक्रम गर्नका लागि विद्यालयहरुबाट पाएको सहयोगले आफूहरुलाई हौसला मिलेको बताउनुभयो । वहांले यस्ता कार्यक्रम मार्फत समाजमा जाने सन्देशले हरेक महिलाको स्वास्थ्य समस्यामा सुधार आउनेमा विश्वस्त रहेको बताउनुभयो ।
महिला जेसिज वर्ष २०१८ का महासचिव लक्ष्मी थापाको संचालन रहेको कार्यक्रममा महिला जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेल, पूर्व अध्यक्ष राजुदेवी खनाल, मूल संयोजक अनुपमा श्रेष्ठ लगायत पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।देवदह मेडिकल कलेजका गाईनोकोलोजिस्ट डाक्टर दिक्षा श्रेष्ठले सहजीकरण गर्नुभएको कार्यक्रममा संयोजक पुजा गौतमले स्वागत गर्नुभएको थियो भने महिला जेसिज वर्ष २०१८ का कोषाध्यक्ष धनु श्रोष्ठले जेसिज आस्था पाठ गर्नुभएको थियो । साताव्यापी कार्यक्रम एक समारोहका बीच भोलि सकिनेछ ।